रोल्पामा बलेरो जीप दुर्घटना, ८ जना घाइते

  ।   १ असार २०८३, सोमबार ०९:१६

रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं। ७ सालीबाङ गोठीवनदेखि वडा नं. ८ तल्लो लापुतर्फ जाँदै गरेको लु प्र ०२००१ ज ०१३२ नम्बरको बलेरो जीप दुर्घटनामा परेको छ।

आज बिहान करिब १ बजे भएको उक्त दुर्घटनामा जीप सडकबाट करिब ५० मिटर तल खोल्सामा खसेको बताइएको छ।

दुर्घटनामा आठ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पताल पठाइएको छ। घाइतेहरूको अवस्था सामान्य रहेको अस्थायी प्रहरी पोस्ट कुर्जाका प्रमुख मोहन विश्वकर्माले जानकारी दिएका छन्।

Next Post

यू–१९ महिला क्रिकेट सुपर ओभरको रोमाञ्चक भिडन्तमा मधेश प्रदेश च्याम्पियन

१ असार २०८३, सोमबार ०९:१६
सुर्खेत । कर्णाली प्रदेशको वीरेन्द्रनगर स्थित कालिनचोक मैदानमा सम्पन्न यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनल खेल क्रिकेट प्रेमीहरूका लागि अविस्मरणीय बन्यो। अत्यन्तै प्रतिस्पर्धात्मक बनेको फाइनलमा मधेश प्रदेशले सुपर ओभरमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै उपाधि आफ्नो नाम गरेको छ। निर्धारित २० ओभरको खेलमा दुवै टोलीले समान १२९ रन बनाएपछि खेलको निर्णय […]

सम्बन्धित शीर्षक