अपडेट

खल्लागाडमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु ; तिन घाईते

  ।   ३ कार्तिक २०८१, शनिबार १७:४५

कालिकोट। कर्णाली राजमार्गअन्तर्गत कालीकोटमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ट्रक दुर्घटना हुदाँ तिन जना घाईते भएका छन् । उक्त ट्रक सुर्खेत–जुम्ला सडक खण्ड पर्ने तिलागुफा नगरपालिका–५ खल्लागाडमा शनिवार दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यलय कालिकोटका प्रमुख टेकबहादुर रावतका अनुसार बुटवलबाट जुम्ला जाँदै गरेको लु १ क ३९३० नम्बरको ट्रक खल्लागाड पुल नजिकैको मोडमा अनियन्त्रित भई दुर्घटना भएको बताउनुभयो।

‘भीरबाट ट्रक खोलामा खसेकाले चालकको घटनास्थलमै मृत्यु भएको छ,’ प्रमुख रावतले बताउनुभयो, दुर्घटनामा सहचालक एक बालक र एक महीला घाईते भएका छन् । ‘गाडीका कागजात नभेटिएकाले हालसम्म चालक सहित घाईतेको अझै सनाखत हुन सकेको छैन ।

Next Post

खल्लागाड ट्रक दुर्घटना (अपडेट) : चालकको पहिचान तीन घाइतेको उपचार जुम्लामा हुँदै

३ कार्तिक २०८१, शनिबार १७:४५
कालिकोट । कर्णाली राजमार्गअन्तर्गत कालीकोटमा मालवाहक मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मिनि ट्रक दुर्घटना हुदाँ तिन जना घाईते भएका छन् । उक्त ट्रक सुर्खेत–जुम्ला सडक खण्ड पर्ने तिलागुफा नगरपालिका–५ खल्लागाडमा शनिवार दुर्घटना भएको हो । सुर्खेतबाट व्यापारीको समान बोकेर जुम्ला जाँदै गरेको लु १ क ३९३० […]