हुम्लामा सुक्खा पहिरोले कर्णाली करिडोरको खच्चा सडक ४ दिन देखि अवरुद्ध

  ।   ३० माघ २०८१, बुधबार १५:३०
फाइल फोटो

हुम्ला । सुक्खा पहिरोका कारण जिल्लाको दक्षिण भेग सर्केगाड गाउँपालिका–१ अन्तर्गतको कर्णाली करिडोरको खच्चा सडक चार दिनदेखि अवरुद्ध भएको छ ।

सर्केगाड गाउँपालिका–१ तुम्चगाउँका रतन रावतका अनुसार गत आइतबार बिहानदेखि सुक्खा पहिरो खसेर अवरुद्ध भएको उक्त सडक अझै सञ्चालन भएको छैन । सडक अवरुद्ध भएपछि स्थानीय पैदल यात्रा गर्न बाध्य भएका छन् ।

यसैबिच, बालकुनास्थित अस्थायी प्रहरी पोष्टका प्रहरी हवल्दार राजबहादुर विष्टले पहिरो पन्छाएर बाटो खोल्ने अथक प्रयास भइरहेको बताए ।

Next Post

वीरेन्द्रनगरलाई उपमहानगरपालिका बनाउँन घोषणाका लागि प्रक्रिया शुरु

३० माघ २०८१, बुधबार १५:३०
सुर्खेत । पश्चिम नेपालमै व्यवस्थित गुरुयोजनाका साथ बसाइएको सहर हो, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका । २०२९ सालमा स्वर्गीय राजा वीरेन्द्रले वीरेन्द्रनगरको सहरी मोडल कोर्न लगाएका थिए । राजा वीरेन्द्रले मन पराएको वीरेन्द्रनगर उपत्यकाको खाका २०२९ सालमा सहरी विकास विज्ञ माधवभक्त माथेमाले कोरेका थिए । तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको क्षत्रिय सदमुरमुकामसमेत रहेको […]