मातृशोक पर्दा क्रियामा बसेर जनताको सेवामा कर्मचारी

  ।   २२ असार २०८१, शुक्रबार ०९:००

विक्रम तिरुवा सलिन

 जुम्ला । हिमा गाउँपालिका – १ का शंकर आचार्यलाई मातृ शोक परेको छ । उहाँ जुम्ला कनकासुन्दी गाउँपालिकाका लेखापाल हुन ।आचार्यको आमाको निधन भएको छ ।

तर  उहाँले एक कर्मचारीले गर्नुपर्ने काम आमाको क्रियामा बसेर निरन्तर सेवाग्राहीको काम गरिरहेका छन् ।

सामान्यतया कुनैपनि ब्याक्तिको मरण हुनु मृत्यु हो । हिन्दु परम्परा अन्तर्गत मान्छे मरेपछि क्रिया बस्ने प्रचलन छ । करिब १३ दिनसम्म क्रिया बसेको मान्छेले कसैलाई छुनु हुन्न सेतो वस्त्र बाहेक अरु लगाउनु हुन्न कसैले छोएको खानुहुन्न नाङ्गो खुट्टा र क्रिया नसकिन्जेल निदाउनु हुँदैन काम गर्नुहुँदैन जस्ता यावत् परिधि रहेका छन् ।

यस्तो शोकाकुलमय अवस्थामा असार मसान्तले गर्दा कामको चाप पनि निकै हुन्छ । उहाँले आफ्नो कुनै प्रवाह नगरी जनताको सेवा प्रवाहमा असर नपरोस् भनेर क्रिया बसेको सेतो वस्त्रमै घरबाट नियमित काममा खटिरहेका छन् ।

Next Post

जुम्लामा निर्माणधिन पुल भत्किदा एक जनाको निधन

२२ असार २०८१, शुक्रबार ०९:००
विक्रम तिरुवा सलिन जुम्ला । जुम्लाको डलिगाट खोलामा निर्माणाधिन कल्भट पुल भत्किदा एक जनाको निधन भएको छ । मृत्यु हुनेमा पातारासी गाउँपालिका ०१ का स्थानीय अन्दाजी ५४ वर्षका रन बुढाको घटनास्थलमै मृत्यु भएको हो । पुल भत्किदा काम गर्ने तीन जना समेत घाइते भएका छन। पातारासी गाउँपालिकाका सूचना अधिकारी दानबहादुर […]