यूवा मानव अधिकार रक्षक, निर्वाचित जनप्रतिनिधि तथा सरोकारवालाबीच अन्तरक्रिया

  ।   १० बैशाख २०८२, बुधबार २०:५७

कालिकोट । कालिकोटमा “मानव अधिकार तथा सामाजिक न्याय अभियान” भन्ने मूल नारासहित यूवा मानव अधिकार रक्षक, निर्वाचित जनप्रतिनिधि तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मानवअधिकार रक्षकहरूको अधिकार, सुरक्षा र भूमिकाका सवालमा केन्द्रित रहेको हो ।

कार्यक्रममा रोयल नेपाल कर्णाली प्रदेशका संयोजक सन्तोस बिकले संस्थाको परिचय दिँदै कर्णालीका १० वटै जिल्लामा यस्ता कार्यक्रमहरू सञ्चालन भइरहेको बताउनुभयो । उहाँले मानवअधिकारको सवालमा राज्य, स्थानीय सरकार, नागरिक समाज र सञ्चार माध्यमबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

 

यूवा मानव अधिकार रक्षक सञ्जाल कालिकोटकी अध्यक्ष निस्ता कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संविधानसभा सदस्य तुलराज विष्ट, खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाही, शुभकालिका गाउँपालिकाकी उपाध्यक्ष धर्मकला शाही, खाँडाचक्र नगरपालिका –१ का वडाध्यक्ष धर्मराज ताम्राकार, सान्नी त्रिवेणी गाउँपालिका –३ का वडाध्यक्ष रंगलाल देवकोटा, उद्योग वाणिज्य संघ कालिकोट अध्यक्ष रतनबहादुर शाही, नेपाल बार एशोसिएसन कालिकोट अध्यक्ष अम्मलराज शाही लगायत जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, संघसंस्थाका प्रमुख , युवा तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको हो ।

कार्यक्रमको सञ्चालन यूवा मानव अधिकार रक्षक सञ्जाल कालिकोटका सचिव रविन्द्र विश्वकर्मा र उपाध्यक्ष छत्र रोका मगरले सहजीकरण गर्नुभएको हो।

Next Post

जुम्लामा ‘हिमाली  संवाद’ सम्पन्न, १३ बुँदे ‘जुम्ला  घोषणा‑पत्र २०८२’ जारी

१० बैशाख २०८२, बुधबार २०:५७
जुम्ला । हिमाली जिल्ला जुम्लामा वैशाख ९–१० गते ‘हिमाली संवाद’ सम्पन्न भएकोछ । ‘हिमाली संवाद’ले जलवायु परिवर्तनको गम्भीर असरविरुद्ध एकजुट हुन आह्वान गर्दै १३ बुँदे ‘जुम्ला घोषणा‑पत्र २०८२’ सार्वजनिक गरेको छ । कर्णाली १० वटै जिल्लाका बालबालिका तथा जुम्ला जिल्लाका बालबालिका, युवा, महिला, सिमान्तकृत समुदाय, जनप्रतिनिधि, नागरिक समाज तथा जलवायु विज्ञहरूको व्यापक सहभागिता रहेको उक्त संवादले हिमाली […]