कालिकोट । मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो भन्ने मान्यतालाई आत्मसात् गर्दै सधैं दुःखी, पीडित र असहायका पक्षमा उभिँदै आएका कर्णाली जेसिज वर्ष २०२५ का अध्यक्ष एवं समाजसेवी खगेन्द्र पाण्डेको परिवार आज गम्भीर मानवीय संकटको सामना गरिरहेको छ।

उहाँकी हजुरआमा कला पाण्डे मिति २०८२ साल माघ १३ गते आफ्नै घरमा भएको आगलागीको घटनामा परेर गम्भीर रूपमा घाइते हुनुभएको हो। घटनापछि विगत ५ दिनदेखि जिल्ला अस्पताल, कालिकोटमा उपचार भइरहेको भए तापनि स्वास्थ्य अवस्थामा अपेक्षित सुधार नदेखिएपछि चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि सुर्खेत हुँदै काठमाडौं लैजानु पर्ने अवस्था आएको छ।
उमेर, चोटको गम्भीरता र लामो उपचार प्रक्रियाका कारण उपचार खर्च अत्यन्तै महँगो हुने देखिएकाले परिवार आर्थिक तथा मानसिक रूपमा ठूलो दबाबमा परेको छ। सधैं अरूका लागि सेवा र सहयोगमा समर्पित व्यक्तित्वको परिवार आज आफैं सहयोगको अपेक्षामा रहेको यो अवस्था हामी सबैका लागि भावुक र सोचनीय बनेको छ।
यस कठिन घडीमा सम्पूर्ण सहयोगी हातहरू, शुभेच्छुक महानुभावहरू, संघ–संस्था तथा मानव सेवाप्रति समर्पित सबैलाई आफ्नो सामर्थ्यअनुसार आर्थिक तथा नैतिक सहयोग गरिदिन हार्दिक अनुरोध गरिएको छ।
आज उहाँलाई परेको दुःख भोलि हामीमध्ये जो–कोहीलाई पर्न सक्छ — त्यसैले मानवीय धर्म निभाउने यो घडीमा हातेमालो गरौँ।

सहयोग गर्न सकिने विवरण
राष्ट्रिय वाणिज्य बैंक, कालिकोट शाखा
खाता नम्बरस् ४१२०१०००१४४९५०१०
ई–सेवा तथा बैंक मोबाइल नम्बर- ९८६८३८१३२७
यस सहयोग अभियानको सुरुवात समाजसेवी युवा, कर्णाली जेसिज वर्ष २०२१ का अध्यक्ष जेसि लक्ष्मण कुमार शाहिले गर्नुभएको हो। उहाँले यस मानवीय अभियानलाई सफल बनाउन सबै क्षेत्र, तह र तप्काबाट थप सहयोगको अपेक्षा गर्नुभएको छ।
आउनुहोस्, मानव सेवाको यो अभियानमा एक कदम अगाडि बढौँ, एउटा सानो सहयोगले पनि एउटा जीवन बचाउन सकिन्छ।







