अपडेट

हिमा गाउँपालिकाले जेन्जी आन्दोलनको क्षतिपूर्ति लागि ११ लाख ४३ हजार राष्ट्रिय पुनःनिर्माण कोषमा दिने

  ।   ३ आश्विन २०८२, शुक्रबार ११:०९

जुम्ला । हिमा गाउँपालिकाले भाद्र २३–२४ गतेको जेन्जी आन्दोलनका क्रममा क्षति भएका संरचनाहरूको पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीका अनुसार यसका लागि राष्ट्रिय पुनःनिर्माण कोषमा जम्मा गर्न ११ लाख ४३ हजार २ सय रुपैयाँ उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकले भाद्र २ गते गरेका हुन्।

निर्णय अनुसार हिमा गाउँपालिकामा कार्यरत शिक्षक र कर्मचारीहरूले तीन दिन बराबरको तलब तथा जनप्रतिनिधिहरूले छ दिन बराबरको तलब जम्मा गरी उक्त रकम राष्ट्रिय पुनःनिर्माण कोषमा पठाउने छन्।

साथै, गाउँपालिकाले आन्दोलनमा शहादत प्राप्त वीर सहिदहरूलाई हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। आन्दोलनका क्रममा घाइते भएका सबै नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ।

अध्यक्ष शाहीले हिमा गाउँपालिका निप्पक्षता, पारदर्शिता, सुशासन र जनतामुखी सेवामा अटल रहेको उल्लेख गर्दै पुनर्निर्माण र विकासका काममा सक्रियतापूर्वक अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्। जनप्रतिनिधि तथा कर्मचारीहरूले सेवक नेतृत्वको भावनालाई आत्मसात गरी नागरिकहरूलाई कुनै असुविधा नपुग्ने गरी दक्ष, जिम्मेवार र प्रभावकारी सेवा प्रवाह गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ।

Next Post

संविधान दिवसमा ओलीको अपील: “संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं”

३ आश्विन २०८२, शुक्रबार ११:०९
केपि सर्मा ओलि को भनाई आज संविधान दिवस हो। हाम्रो ७० वर्ष लामो संघर्षको परिणाम स्वरूप आज हामीसँग आफ्नै नेतृत्वमा निर्वाचित संविधानसभाले बनाएको संविधान छ। लोकतान्त्रिक गणतन्त्र, संघीय समावेशी व्यवस्था र जनताका अधिकार—यी सबै यस संविधानले सुनिश्चित गरेको हो। संविधान निर्माणका चुनौतीहरू तपाईंहरूको स्मृतिमा ताजै छन्। नाकाबन्दी, राष्ट्रिय सार्वभौमसत्तामा आएका […]

सम्बन्धित शीर्षक