आज यी प्रदेशमा भारी वर्षा सगैं बाढि पहिरोको सम्भावना

  ।   २३ श्रावण २०८१, बुधबार ०९:२६

काठमाडौं । देशभर साधारणतया देखि पूर्णतया बदली रही अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका थोरै साथै लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा धेरै भारी वर्षाको संभावना रहेको छ। सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

आज राती देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । साथै बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ ।

हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरुमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

Next Post

फाइल फोटो

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

२३ श्रावण २०८१, बुधबार ०९:२६
कालिकोट। कर्णाली राजमार्ग पहिरोका कारण अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१, गगनेखोला र एस मोडमा पहिरोले राजमार्ग अवरुद्ध भएको हो ।   कालिकोट प्रहरीका अनुसार राजमार्गमा सडकभन्दा माथिबाट पहिरो आएर राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको हो । केही दिनअघि पनि यही ठाउँमा पहिरोले सडक अवरुद्ध भएको थियो […]

सम्बन्धित शीर्षक