ढुङ्गा प्रहारबाट एक जनाको हत्या, एक पक्राउ, एक फरार

  ।   ३ चैत्र २०८२, मंगलवार ०९:०७

बाजुरा । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२, पुडेनीमा ढुङ्गा प्रहारबाट एक जनाको हत्या भएको छ।

स्थानीय अन्दाजी ३५ वर्षीय सर्वाश बुढाको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

प्रहरीका अनुसार सोमबार सोही ठाउँका अन्दाजी ४५ वर्षीय धनबहादुर महतरा र उनका १८ वर्षीय छोरा हेमराज महतराले सर्वाश बुढामाथि आक्रमण गरेका थिए। टाउकोमा गम्भीर चोट लागेपछि बुढाको घटनास्थलमै मृत्यु भएको हो।

घटनाबारे वडा अध्यक्ष विष्णुबहादुर बुढाले जानकारी गराएपछि इलाका प्रहरी कार्यालय मुक्तिकोटबाट प्रहरी नायब निरीक्षक रवीन्द्र धामीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो।

कुटपिटमा संलग्न धनबहादुर महतरालाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ भने उनका छोरा हेमराज महतरा फरार रहेका छन्। फरार महतराको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट प्रहरी निरीक्षकको कमान्डमा थप अनुसन्धानका लागि अर्को टोली खटिएको छ। घटनाको कारण र पृष्ठभूमिबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Next Post

कर्णालीकी सीता बादी रास्वपाबाट समानुपातिक सांसद

३ चैत्र २०८२, मंगलवार ०९:०७
सुर्खेत । कर्णाली प्रदेशबाट समानुपातिकतर्फ प्रतिनिधित्व नपाएको भन्ने आलोचना भइरहेका बेला सीता बादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट संघीय संसद्की समानुपातिक सांसदमा सिफारिस भएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी ले आइतबार निर्वाचन आयोग मा उनको नाम सिफारिस गरेको हो। कर्णाली प्रदेशको सुर्खेतकी सीता लामो संघर्षपछि संसदसम्म पुग्न सफल भएकी हुन्। गरिबी र […]

सम्बन्धित शीर्षक