अपडेट

सर्केगाडमा स्थानीय जोखिम मोलेर नदीको काठेपुल वारपार गर्नु पर्ने बाध्यता

  ।   २३ बैशाख २०८२, मंगलवार ०८:११

हुम्ला । सर्केगाड गाउँपालिका र प्रदेश सरकारले गरेको बेवास्ताका कारण हुम्लाको सर्केगाड गाउँपालिका–२ रीप गाउँका स्थानीयले जोखिम मोलेर खडिखेतको कर्णाली नदीको काठेपुल वारपार गर्नु पर्ने बाध्यता रहेको छ ।

काठको कच्ची झोलुङ्गे पुलमा जोखिम मोलेर वारपार गर्दै आउनु परेको स्थानीयले गुनासो गरेका छन् । रीप गाउँका स्थानीयहरू पालिका केन्द्र सर्केगाड, सदरमुकाम सिमकोट र जिल्ला बाहिर जानु पर्दा पनि सोही काठेपुल तरेर जानु पर्ने बाध्यता रहेको स्थानीय दिलिप कार्कीले गुनासो गर्नुभयो। आफूहरूले वारपार मात्रै नभएर गाउँमा हुने विभिन्न विकास निर्माणका सामग्री मध्य सिमेन्ट, सरीया, ग्यास सिलिण्डर, दैनिक उपभोग्य वस्तु लगायतका सामग्री ओसारपसार गरउँदा पनि जिर्ण अवस्थामा रहेको काठको पुलबाट जोखिम मोलेर ल्याउन पर्ने अवस्था रहेको कार्कीले गुनासो गरेका छन्।

स्थानीय कार्कीका अनुसार धेरै गरुङगो सामान समेत उक्त पुलबाट ल्याउन नसकिने भएको छ । भने खडिखेतमा रहेको काठको पुल जीर्ण हुँदा दुईरतीन जना व्यक्तिलाई एकैपटक तर्न सक्ने अवस्था पनि छैन् । एक–एक जना गर्दै उक्त पुल वारपार गर्नु पर्ने अवस्था रहेको छ । पालो कुर्दै पुल वारपार गर्ने गरेको पाइन्छ । उक्त पुल तर्न बालबालिका, वृद्धवृद्धा, बिरामी बढी मर्कामा परेको स्थानीयले बताउँछन् । आधारभूत भौतिक पूर्वाधार निर्माणमा गाउँपालिका सहित वडा नं २ का जनप्रतिनिधिले ध्यान दिएर काम गर्न आवश्यक देखिएको अर्का स्थानीय श्री फडेराले बताए । कम्तीमा गाउँपालिकाको केन्द्रसम्म सबैको पहुँच पुग्ने गरी संरचना निर्माण आवश्यक छ । रीप गाउँका स्थानीयले काठले निर्माण गरेको उक्त पुलको एक पट्टीको भाग समेत झुण्डिएको अवस्थामा रहेको उनले बताए । वर्षा याममा पानीको वहाव बढ्दै जादा पुल समेत बगाउने गरेको छ ।

हिउँद याममा यहाँका स्थानीयले पानी कम हुँदा पुनः निर्माण गरी वारपार गर्दै आउने गरेका छन् । वर्षा याममा काठको पुल बगाएपछि तुइन तरेर वारपार गर्नु परेको फडेराले बताए । खडिखेतमा झोलुङ्गे पुलको आवस्यक रहेको उनले बताए । उक्त खडिखेतमा प्रदेश सरकारको आर्थिक सहयोगमा बेलि ब्रिज निर्माण गर्ने भन्दै गत मङसिरमा ओभरसियरलाई पठाएर डिपिआर गरेको भए पनि कार्यन्वयनमा नआएको सर्केगाड गाउँपालिका–२ रीपका वडा अध्यक्ष सिद्ध कार्कीले जानकारी दिए । हालका लागि स्थानीयलाई आवत जावत गर्नका लागि झोलुङ्गे पुल भइदिएको भए हुन्थ्यो । पुल निर्माणका लागि गाउँपालिकाको पनि खासै पहल रहेन अध्यक्ष कार्कीको भनाइ छ । जसका कारण स्थानीयले ज्यान जोखिम मोलेर वारपार गर्नु पर्ने बाध्यता छ ।

Next Post

माओवादी केन्द्र का अध्यक्ष ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते

२३ बैशाख २०८२, मंगलवार ०८:११
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। अध्यक्ष ‘प्रचण्ड’ खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर घाइते भएका हुन्। अध्यक्ष प्रचण्ड घाइते पछि उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको हो। अस्पताल स्रोतका अनुसार उहाँको टाउको र निधारमा चोट लागेकाले टाँचा लगाइएको छ। उहाँको अवस्था […]