अपडेट

माओवादी केन्द्र का अध्यक्ष ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते

  ।   २४ बैशाख २०८२, बुधबार ०७:५९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। अध्यक्ष ‘प्रचण्ड’ खुमलटारस्थित निवासमा गएराति शौचालयमा लडेर घाइते भएका हुन्।

अध्यक्ष प्रचण्ड घाइते पछि उपचारका लागि मेडिसिटी अस्पतालमा लगिएको हो। अस्पताल स्रोतका अनुसार उहाँको टाउको र निधारमा चोट लागेकाले टाँचा लगाइएको छ। उहाँको अवस्था सामान्य रहेको स्रोतको भनाई छ।

Next Post

कर्णाली सरकारले उपलब्ध गराउँदै आएको दुध उत्पादनमा प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै

२४ बैशाख २०८२, बुधबार ०७:५९
सुर्खेत । कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएको दुध उत्पादनमा प्रोत्साहन कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यसबाट किसान लाभान्वित भएका छन् । दुध उत्पादन वृद्धि गर्न किसानलाई प्रोत्साहन गर्न २०७८/७९ देखि किसानलाई दुध उत्पादनमा अनुदान दिएर प्रोत्साहन गर्दै आएको प्रदेश सरकारले सिधै किसानको खातामा रकम जम्मा गर्दै आएको छ […]