कालिकोट । पाचौँ प्रेम स्मृति गोल्डकपको उपाधि बरातुले जितेको छ । पञ्चदेव उच्च माविको खेल मैदान, खाँडाचक्र नगरपालिका २ मा भएको फाइनल खेलमा कालिकोट फुटबल क्लबलाई ट्राइब्रेकरमा ३–४ गोलले हराउँदै बरातु युवा क्लबले उपाधि जितेको हो ।
निर्धारित समयमा दुवै टीमले १ १ गोलरहित बराबरी खेलेका थिए । जम्मा १३ टिम रहेको खेलमा उपाधिसँगै बरातु युवा क्लबले एकलाख ५० हजार नगद पुरस्कार पाएको छ । त्यस्तै उपविजेता कालिकोट फुटबल क्लबले ७५ हजार नगद पुरस्कार पाएको छ ।
असोज १९ गते देखि सुरु भएको प्रतियोगितामा खेल मैदानमा पलताँ युवा क्लब र कालिकोट फुटबल क्लव बिच विबाद हुदाँ खेल रोकियको थियो । केहि क्वाटर फाईनल, सेमीफाईनल खेल कार्तिक १४ र १५ गते सक्किएको हो । सो खेलको फाईनल १६ गते सकिइको छ । पाचौँ प्रेम स्मृति गोल्डकपले प्रत्येक वर्ष निरन्तर खेल गर्दै आईरहेको यो वर्षलाई पनि निरन्तरता दिएको कालिकोट युवा क्लवका अध्यक्ष प्रकाुश शाहीले बताउनुभयो ।
पूरा भिडियो लाइभ