विकास बजेट यथासिघ्र कार्यान्वयन गर्न एकीकृत समाजवादीको सरकारि कार्यलयलाई दबाब

  ।   ३ मंसिर २०८१, सोमबार १२:५२

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) ले कालिकोट जिल्लाभरका विकास आयोजनाहरुको बजेट यथासिघ्र कार्यान्वयनमा ल्याउन दबाबका कार्यक्रम सुरु गर्ने भएको छ । पूर्वाधार निर्माणसँग सम्बन्धित संघ , प्रदेश तथा जिल्ला र स्थानीय तहका सबै कार्यालयमा दबाबका कार्यक्रम अघि बढाउन सुरुवाात गरिएको हो ।

नेकपा(एकीकृत समाजवादी) पार्टी कालिकोट जिल्ला कमिटी अध्यक्ष चित्रसिंह गाउँलेका अनुसार पार्टी प्रदेश कमिटी सचिव धिर बहादुर बिष्टको नेतृत्वमा शुक्रबार सुर्खेत स्थित स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयमा पुगेर कालिकोटमा रहेक सडक , पुल तथा भवनका लागि बिनियोजित बजेट सिघ्र कार्यान्वय गर्न ध्यानाकर्षण गराइएको हो ।

७ करोड ५३ लाखको लैफुदेखि रास्कोट हुँदै कोटवाडा एअरपोर्ट भएर रामारोशण जाने सडक लगायत जिल्ला भरका सडक , पिलिदेखि हलाने जोड्ने ५ सय मिटर भन्दा धेरै लम्बाइको ८५ लाख बजेट बिनियोजित झोलुङ्गे पुल र यस्तै अन्य पुल तथा भवनका कामहरु छिट्टो सुचारु गर्न एकीकृत समाजवादीले बल गरेको हो । संघीय सहरी विकास मन्त्रीमा एकीकृत समाजवादीका धन बहादुर बुढा भैरहदा कालिकोटमा विशेषगरी विकट पलाता गाउँपालिका केन्द्रित करोडौं बजेट कार्यान्वयन हुन ढिला भैरहेको छ । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतका प्रमुख जगदिश शर्माले राजिनामा दिएपछि असोजदेखि सो कार्यालय प्रमुख बिहीन अवस्थामा रहँदा पुँजिगत तर्फबाट मात्र कर्णाली प्रदेशभर सो कार्यालयले कार्यान्वयन गर्ने २ अर्व बजेटका ठेक्का तथा उपभोक्ता समिति मार्फतका सम्झौता हुने कार्य ठप्प रहेका छन् । कार्यालय प्रमुख हाजिर भएको खण्डमा सकभर कालिकोटका काम हेर्ने जिम्मेवारी आफुले नै मागेर कामहरु दुर्त गतिमा अघि बढाउने इन्जिनियर गौतम सिंह भण्डारीले विश्वास दिलाउनु भएको अध्यक्ष गाउँले बताउनुभयो ।

तेस्तैै कालिकोट जिल्लाामा रहेका पूर्वाधार निर्माणसँग सम्बन्धित संघ , प्रदेश तथा जिल्ला र स्थानीय तहका सबै कार्यालयमा दबाबका कार्यक्रम अघि बढाउन दबाब दिन पार्टी लागी पर्ने समेत अध्यक्ष गाउँले बताउनुभयो ।

Next Post

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा अनिश्चित तालाबन्दी

३ मंसिर २०८१, सोमबार १२:५२
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनिश्चितकालिन तालाबन्दी भएको छ । प्रतिष्ठानका ५८ जना शिक्षक तथा कर्मचारीहरुले आफ्नो स्तरवृद्धि लगायतका मागहरुको सम्बोधन नभएको भन्दै प्रतिष्ठानमा तालाबन्दी गरेका हुन । कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा ४०० भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् । प्रतिष्ठानमा ७५ जना स्थायी मात्र कर्मचारी छन् भने बाँकी […]