डोल्पाका लागि ग्यास बोकेको ट्रक दुर्घटनाग्रस्त

  ।   १४ श्रावण २०८३, बिहीबार १८:२८

रुकुम पश्चिम। डोल्पातर्फ ३ सय २० वटा ग्यास सिलिण्डर बोकेर जाँदै गरेको मिनी ट्रक रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजिगार्ड खोला नजिक भेरी करिडोर सडकमा दुर्घटनामा परेको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार बिहीबार दिउँसो करिब ४ः३० बजे नेपालगञ्जबाट डोल्पा जाँदै गरेको लु.प्र.०३–००१ क ००४१ नम्बरको ट्रक सडकबाट चिप्लिएर खोलामा पल्टिएको हो।

दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। ट्रकमा रहेका ३ सय २० ग्यास सिलिण्डरमध्ये करिब ७–८ वटा खोलामा बगेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Next Post

कांग्रेस असन्तुष्ट पक्षद्वारा शशांकको नेतृत्वमा राष्ट्रिय भेला तयारी, नयाँ पार्टीको संकेत

१४ श्रावण २०८३, बिहीबार १८:२८
काठमाडौं। नेपाली कांग्रेसको असन्तुष्ट समूहले आगामी साउन २९ गते हुने राष्ट्रिय भेलाका लागि पूर्वमहामन्त्री शशांक कोइराला को संयोजकत्वमा ५२१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत विभिन्न १६ वटा विषयगत समिति पनि घोषणा गरिएको छ। ती समितिले विधान, राजनीतिक प्रस्ताव, संगठनात्मक ढाँचा तथा […]