जुम्ला । कर्णालीको आर्थिक तथा भौतिक विकासको मेरुदण्ड मानिएको कर्णाली राजमार्ग स्तरोन्नतिको काम सुरु भएपनि जोखिम स्थानमा कुनै सुधार भएको छैन् ।
जुम्ला–सुर्खेत २३२ किलोमिटर दुरीको राजमार्ग अन्तरर्गतको जुम्ला–कालिकोट खण्डको,टिमुरे,भैसीगौडा,भिग्म,टाकुल्ला लगायतका स्थानमा वर्षौदेखी खाल्डा खुल्डी छन् ।जहाँ दैनिक सवारी आवतजावतमा समेत सकस हुने गरेको छ । त्यस्तै दैलेखको तल्लोडुंगेश्वर देखी पाल्तडाको बीचमा पर्ने पादुका खोलाको अबस्था झनै विजोक रहेको छ । उक्त खण्डमा वर्खामा धुँलोले अघिपछि संगसंगै गुडेका गाडी समेत देखिदैनन् । भने हिउँदमा हिलोले गाडी फसेर घण्टौ अबरुद्ध हुन्छ । तर सडक डिभिजन जुम्ला र सुर्खेतले जोखिमयुक्त स्थानमा छोडेर सहज ठाउँनै कालोपत्रे,ग्राभेल लगायतका स्तरोन्नतिको काम सुरु गरेपछि स्थानीय नागरिक आक्रोसित भएका छन् । सडक डिभिजन जुम्लाले नयाँ डबललेन निर्माण गरेको र पुरानै पिच भएको सडकमा फेरी पिच गर्ने गरी करिब ४३ किलोमिटर सडक चालु आवमा कालोपत्रे गर्दै छ । जसमा कालिकोट खण्डमा १७ किलोमिटर र जुम्ला खण्डमा २६ किलोमिटर सडक कालोपत्रे गरिदैँ छ ।
कालिकोट र जुम्ला खण्डको अधिकांश स्थानमा पुरानै पिच माथि पिच गर्न थालिएको छ । जसले गर्दा स्थानीय आक्रोसित भएका हुन् । हिमा गाउँपालिका ६ का स्थानीय सुर्य बहादुर अधिकारीले जोखिमयुक्त सडक खण्डहरु छोडेर पिच माथि पिच गर्ने र खाल्डा खुल्डी भएका स्थानमा त्यतिकै छोड्ने कस्तो विकास हुन लागेको हो भन्दै आक्रोस पोखे । साथै नियमित पानी परिरहेको अबस्था भईरहेको पिच गुणस्तर नहुने भन्दै ध्यान दिनु पर्ने उल्लेख गरे । त्यस्तै तातोपानी–५ का स्थानीय प्रेम चौलागाँईले राजमार्गका विभिन्न स्थानमा जोखिम रहेपनि सहज ठाउँमा त्यो पनि पिच माथि पिच गर्नुले आबश्यकतामुखी विकास भएको गुनासो गरे ।
मंगलबार मात्रै सुर्खेत–जुम्ला यात्रा गरेका चौलागाँईले भने, टाकुल्ला,टिमुरे क्षेत्रमा गाडी चड्नै नसक्ने स्थिती छ । मालबाहक सवारी त दुर्घटनाको जोखिममा छन् । तर जुम्ला खण्ड,कालिकोट खण्डको धेरै ठाउँमा पिच माथि पिच भईरहेको देख्दा अचम्म लाग्यो । कतै पिच माथि पिच,कतै सामान्य खाल्डा समेत नपुर्ने रु कस्तो विकास हो रु’ त्यसैगरी तातोपानी ५ कै यूवा भीम प्रसाद उपाध्यायले पिच भएको ठाउँमा पिच थप्नु भन्दा जोखिमयुक्त स्थानमा स्तरोन्नति गर्नुपर्ने बताए । राजगर्मा संचालन भएको करिब दुई दशक समय भईसक्दा पनि ढुक्कले यात्रा गर्ने वाताबरण अझै नबनेको समेत दुखेसो पोखे । कर्णाली समृद्धीको मार्ग भनिएपनि सरकारले उपेक्षा गरेको उनको भनाई छ ।
३३ करोड लगानीमा ४३ किमी पिच हुदैँ
सडक डिभिजन जुम्लाले साढे ३४ करोड बढी लगानीमा कर्णाली राजमार्गको विभिन्न खण्ड कालोपत्रे गर्ने काम सुरु गरेको छ । राजमार्ग अन्तरर्गत कालिकोट र जुम्ला खण्डको विभिन्न प्याकेजमा गरी ४३ किलोमिटर सडक कालोपत्रे गरिने सडक डिभिजन जुम्लाका सूचना अधिकारी दिपेन्द्र चौधरीले बताए । उनका अनुसार कालिकोटमा १७ किमी कालोपत्रे गर्न चार वटा ठेक्का मार्फत काम भईरहेको छ । चालु आव भित्रै ४३ किमी पिच हुने गरी साढे ३३ करोडको ठेक्का सम्झौता भएको छ । जसमा खुलालुदेखी घोडेना सम्म दुई प्याकेजमा कालोपत्रे सुरु भएको छ । डिएलएलसी केवी जेभी कालिकोटले पहिलो प्याकेज चार करोड १८ लाख ६५ हजारमा र दोस्रो प्याकेज ६ किमी कालोपत्रे गर्न भैरव मष्ट निर्माण सेवाले १ करोड २८ लाख १८ हजारमा काम गरिरहेको छ ।
कालिकोट खण्डकै घोडेनादेखी नाग्मसम्म तीन प्याकेजमा काम भईरहेको छ । जसमा १६ कि।मी कालोपत्रेको ठेक्का खड्का निर्माण सेवाले पाएको छ । उक्त कम्पन्नीले ४ करोड ४० लाखमा कालोपत्रे गर्ने छ । भने दोस्रो प्याकेजमा ४ करोड २१ लाख ७२ हजार लागतमा किमी कालोपत्रे हुने छ । त्यसैगरी भैरब मष्ट निर्माण सेवाले १ करोड १२ लाख ४० हजार लागतमा तेस्रो प्याकेजको कालोपत्रे काम गर्ने छ । कालिकोट खण्डमा खुलालुदेखी नाग्म सम्मका पाँच वटा ठेक्का मार्फत १७।७ किमी कालोपत्रे गरिने सडक डिभिजन जुम्लाले जानकारी दिएको छ । यता नाग्मदेखी जुम्ला सम्मको ३२ कि।मी मध्य २६ किलोमिटर कालोपत्रे गरिने छ । केही स्थानमा डलब लेन निर्माणमा भएको ठाउँमा पिच गरिने छ । जुम्ला खण्डको २६ किमी कालोपत्रे गर्न उज्वल सानदार जेभी निर्माण कम्पन्नीसंग १० करोड ३७ लाख ८८ हजार लागतमा सम्झौता भएको छ ।
चालु आवको असार मसान्नभित्र सक्ने गरी साढे ३३ करोड लागतमा ४३ किमी कालोपत्रे हुने छ । तर जसमध्य धेरै स्थानमा पिच माथि पिच थपिने छ । तर जोखिमयुक्त स्थानको अबस्था ज्युँका त्युँ रहेको छ । पानी परिरहेकाले सडक कालोपत्रे काम गुणस्तहीन हुन सक्ने भन्दै प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र बहादुर शाहीले निर्माण व्यवसायी र सडक डिभिजनलाई सजक रहन सुझाब दिएका छन् । यता सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरी गुणस्तर माथि एक ईन्च तलमाथि नहुने बताउँछन् । सबै निर्माण सामाग्रीको परिक्षण गरिएको र नियमित फिल्डमै खटिएकाले गुणस्तरीय पिच हुने दाबी गरे । स्टमेटमै पिचमाथि पिच गर्नु पर्ने ९ओभरले० उल्लेख रहेकोले खाल्डा पुर्ने र पिच गर्ने गरिएको प्रमुख चौधरीले उल्लेख गरे । साथै जोखिमयुक्त स्थानमा पनि विस्तारै सुधार हुने जनाइएको छ । स्थानीयले पिच माथि पिच भन्नु स्वभाविक हो,तर स्टमेट भएनुसार नै काम भएको कार्यालयको भनाई छ ।