सल्यानमा जिप दुर्घटनामा घाइते मध्ये एक जना महिलाको उपचारका क्रममा मृत्यु

  ।   १४ जेष्ठ २०८२, मंगलवार १२:२०
साकेंतिक तस्बिर

सल्यान । सल्यानमा आइतबार भएको जिप दुर्घटनामा घाइते भएका नौ जनामध्ये एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका सल्यानको कपुरकोट गाउँपालिका– ५ रिम निवासी ६२ वर्षीया भिमा बुढाको उपचारकै क्रममा नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सल्यान–दाङ जोड्ने वैकल्पिक मोटरबाटो कपुरकोट–लामिडांडा–सातबास खण्डअन्तर्गत कपुरकोट, ३ मा आइतबार लु १ ज १६३७ नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको थियो । घाइते नौमध्ये छ जनाको अवस्था गम्भीर रहेको छ । भिमाको उपचारकै क्रममा नेपालगन्जस्थित नर्सीङ होममा आइतबार करिब १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।

यसैगरी, अन्य घाइतेहरु ६७ वर्षीया मञ्जिता बोहरा, ३८ वर्षीय विजय बुढाथोकी, ४६ वर्षीया सिता बुढा, १५ वर्षीया सपना बुढाथोकी र ५५ वर्षीय गोरेलाल बोहराको अहिले उपचार भइरहेको छ । उनीहरुलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको थियो । त्यस्तै, सामान्य घाइते भएका ४५ वर्षीया चन्द्रकला महतारा, १८ वर्षीया पुष्पा महतारा र ८ वर्षीया रोशनी महतारा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि घर फर्किएकि छन् ।

Next Post

नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना

१४ जेष्ठ २०८२, मंगलवार १२:२०
चितवन । नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिएको जानकारी […]