नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटना

  ।   १५ जेष्ठ २०८२, बुधबार १०:१९

चितवन । नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइतेहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन् । ‘टायर पञ्चर’ हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरी निरीक्षक भण्डारीले भनाई छ।

यात्रुहरूको अवस्था र दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको जनाएको छ।

Next Post

अण्डाको सेवन स्वास्थ्यमा नकारात्मक असर

१५ जेष्ठ २०८२, बुधबार १०:१९
काठमाडौँ । अण्डा प्रोटिन, भिटामिन, खनिज तत्व लगायतका महत्वपूर्ण पोषक तत्वहरूको राम्रो स्रोत मानिन्छ। दैनिक एक वा दुई अण्डा खानु अधिकांश व्यक्तिहरूका लागि लाभदायक मानिए पनि, केही विशेष अवस्थाका व्यक्तिहरूका लागि अण्डाको सेवन स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ। अण्डाको सेतो र पहेँलो भागमा भरपुर पोषक तत्व पाइन्छ – जस्तै फलाम, […]