एकीकृत समाजवादी कालिकोटद्वारा असहाय बालबालिकालाई झोला र स्टेशनरी सामाग्री सहयोग

  ।   ९ बैशाख २०८२, मंगलवार २०:००

कालिकोट । नेकपा (एकीकृत समाजवादी) कालिकोटले जिल्ला सदरमुकाम मान्म स्थित न्यानो काख सेवा समाजमा रहेका असहाय बालबालिकाहरुलाई झोला तथा स्टेशनरी सामाग्री  बिरण गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवस अवसरमा पार्टीले न्यानो काख सेवा समाजको कार्यालयमै पुगि मंगलबार १३ जना बालबालिकालाई १३ वटा झोला र स्टेशनरी सामाग्री सहयोग गरेको हो ।

पार्टीका जिल्ला इन्चार्ज तुलाराज सिम्खाडा , सह इन्चार्ज बिजया बिष्ट , अध्यक्ष चित्रसिंह गाउँले , उपाध्यक्ष चन्द्र बहादुर शाही र सचिव कृष्णकला पाण्डे, समाजवादी प्रेस संगठन अध्यक्ष जीवन कुमार शाहि लगायतका नेताहरु संस्थाको कार्यालयमा पुगेर हस्तान्तरण गरियको हो ।

उक्त संस्थाले असहाय बालबालिकाहरु लाई सदरमुकाम स्थित एउटा बोर्डिक स्कुलमा अध्ययन गराउनुका साथै आवासीय व्यवस्था गरिरहेको संस्थाकी सल्लाहकार मैयाँ मल्लले जानकारी गराउनुभयो । राहत सामाग्री पाउँदा बालबालिकाहरु खुशी भएका छन ।

यसैबिच एकीकृत समाजवादी कालिकोटले पार्टी कार्यालय मान्ममा जिल्ला कमिटीको पहिलो बैठकसहित स्थापना दिवस मनाउदै पार्टीको जिल्ला अधिवेशन सफलपार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिने निर्णय समेत गरेको सचिव कृष्णकला पाण्डेले बताउनुभयो ।

Next Post

यूवा मानव अधिकार रक्षक, निर्वाचित जनप्रतिनिधि तथा सरोकारवालाबीच अन्तरक्रिया

९ बैशाख २०८२, मंगलवार २०:००
कालिकोट । कालिकोटमा “मानव अधिकार तथा सामाजिक न्याय अभियान” भन्ने मूल नारासहित यूवा मानव अधिकार रक्षक, निर्वाचित जनप्रतिनिधि तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मानवअधिकार रक्षकहरूको अधिकार, सुरक्षा र भूमिकाका सवालमा केन्द्रित रहेको हो । कार्यक्रममा रोयल नेपाल कर्णाली प्रदेशका संयोजक सन्तोस बिकले संस्थाको परिचय दिँदै कर्णालीका १० […]