कालिकोट । खाँडाचक्र नगरपालिकाले साउन १ गतेदेखि करार सेवामा कार्यरत कर्मचारी हटाउने भएको छ। शिक्षा, स्वास्थ्य, कृषि,प्रसाशन लगायतका शाखामा कार्यरत करार कर्मचारी हटाउने भएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जसी प्रसाद चौलागाईंका अनुसार, कर्णाली प्रदेशको “स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” अनुसार मन्त्रालयको सहमति विना अब करारमा कर्मचारी नियुक्त गर्न पाइँदैन। “ऐनले स्पष्ट रूपमा ज्यालादारी वा करारमा नियुक्ति गर्न नपाइने भनिएकाले बाध्यतावश साउन १ देखि उनीहरूको हाजिरी नलगाउने निर्णय भएको हो,” उनले बताए ।
म्याद थप नगर्नेगरि नगरपालिकाको ३६औँ कार्यपालिका बैठकले निर्णय अनुसार पालिकामा विज्ञापन बाहेकका ९० जना करार कर्मचारी हाजिर नहुने गरि हटाउने निर्णय गरिएको सूचना अधिकार ध्रुब बरालले बताए ।
नगर प्रमुख कमल बहादुर शाहीका अनुसार, माथिल्लो निकायबाट कर्मचारीको व्यवस्था नहुँदा स्थानीय तहले करारमा कर्मचारी राख्नुपरेको थियो। तर महालेखा परीक्षकले ती खर्चलाई अनियमित मानेर वेरुजु देखाउने गरेपछि बाध्य भएर हटाउनु परेको हो। “कर्मचारी चाहिन्छ भन्ने निर्णय माथिबाट आउँछ, तल तलब दिँदा वेरुजु देखाउँछ — यो आपत हो कि विपतरु” भन्दै उनले असन्तुष्टि जनाए।
पत्र :