कर्णाली योजना आयोगको उपाध्यक्षमा सूर्यनाथ योगी नियूक्त

  ।   २४ श्रावण २०८१, बिहीबार १०:३०

सुर्खेत । कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सूर्यनाथ योगी नियूक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वीरेन्द्रनगर नगरपालिका-४, सुर्खेतका योगीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता तथा भुमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ३ को उपदफा (२) को खण्ड (ख) र (ग) मा व्यवस्था भएअनुसार उपाध्यक्ष र सदस्य पदमा दफा १२ बमोजिम आयोग गठन गर्ने निर्णय भएको जानकारी दिए।

प्रवक्ता शाहका अनुसार आयोगको सदस्यहरुमा मुगुको छायाँनाथ रारा नगरपालिका–५ का डम्मरबहादुर रावल र रास्कोट नगरपालिका–३ कालिकोटका अशोकनाथ योगी सदस्यमा नियुक्त भएका छन्। उनिहरुको बिहीबार पद तथा गोपनियताको शपथ ग्रहण हुनेछ। उपाध्यक्षमा नियुक्त भएका सूर्यनाथ योगी र सदस्य डम्मर रावल नेकपा एमाले निकट हुन् भने अर्का सदस्य अशोकनाथ योगी नेपाली कांग्रेस निकट हुन्।

Next Post

कर्णालीमा भोलि शुक्रवार सार्वजनिक बिदा

२४ श्रावण २०८१, बिहीबार १०:३०
सुर्खेत। कर्णाली प्रदेशमा भोलि शुक्रवार सार्वजनिक बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता उत्तम गौतमका अनुसार नाग पञ्चमीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको हो । यो वर्षको नाग पञ्चमी (श्रावण शुक्ल पञ्चमी) साउन २५ गते परेको छ । उक्त दिन कर्णाली प्रदेश स्थित सबै सरकारी तथा […]