कास्कीमा जिप दुर्घटना २ जनाको मृत्यु १० घाइते

  ।   १८ चैत्र २०८०, आईतवार १८:५७

सुर्खेत । कास्कीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिप दुर्घटनामा १० जना घाइते भएका छन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिका – ४ भदौरेस्थित थामडाँडामा आइतबार दिउशो ३ बजेर ५० मिनेटमा पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको यात्रुवाहक जिप सडकबाटकरीब २ सय ५० मिटर तल खस्दा दुई जनाको घटना स्थलमै मृत्य् भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन । जिपमा १२ जना सवार रहेका थिए ।

घटनास्थलमा कालिका गण पोखराबाट सशस्त्र प्रहरीको टोली पुगेको छ । घाइतेलाई उपचारका लागि पोखरा लगिएको जील्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।

घटनास्थलबाट स्थानीय र नेपाल प्रहरीको सहयोगमा १० जनालाई उद्धार गरी पोखरास्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

Next Post

पेट्रोलीयम पदार्थको मूल्य बढ्यो

१८ चैत्र २०८०, आईतवार १८:५७
काठमाडौं। नेपाल आयल निगमले बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो । भारतले पठाएको नयाँ मूल्य सूची अनुसार आइतबार पेट्रोलको मूल्य ४ रुपैयाँले वृद्धि गरेको हो । मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको […]