डेंगु सङ्क्रमणबाट जोगिन काठमाडौँ महानगरपालिकाको आग्रह

  ।   २० जेष्ठ २०८१, आईतवार १७:५५

काठमाडौं । गर्मीयामसँगै पानी पर्न थालेकाले डेंगु सङ्क्रमणबाट जोगिन काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ। पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले कामपाले डेङ्गी सङ्क्रमण पनि बढ्न सक्ने भन्दै नागरिकलाई सचेत रहन आग्रह गरेको हो।

‘एडिज’ जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गीको सङ्क्रमण हुन सक्ने भन्दै अहिलेसम्म सङ्क्रमित नभेटिए पनि आगामी दिनका लागि थप सचेत रहन आग्रह गरिएको कामपा स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनले बताइन्। ‘डेंगु बढ्न सक्ने भएकाले महानगर तयारी अवस्थामा छ’, उनले भनिन्, ‘प्रत्येक वडामा नियमित रूपमा सरसफाइको काम भइरहेको छ।’

डेंगुबाट कोही सङ्क्रमित भएमा वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सिटामोल र जीवनजललगायत औषधि सहज उपलब्ध गराउन कामपाले सम्पूर्ण तयारी गरिसकेको महर्जनले बताइन्। सरसफाइ गर्ने कर्मचारी र स्वास्थ्य स्वयंसेविकामार्फत नियन्त्रणका लागि निगरानी बढाइरहेको उनको भनाइ छ।

स्वास्थ्य विभागका निमित्त प्रमुख महर्जनका अनुसार सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थयकर्मी, स्वास्थ्य स्वयंसेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्मीले आ˗आफ्नो टोलटोलमा गई पानी जमेको स्थानमा कुचो वा अन्य साधनको प्रयोग गरी पानी हटाउन, वर्कशप तथा टायर लगायतमा पानी जम्न नदिनका लागि सचेत गराउनुका साथै सरसफाइसमेत गरिरहेका छन्।

आवश्यक परे महानगरले डेंगु नियन्त्रण गर्न ‘बायो लार्भिसाइड’ छर्कने तयारी गरेको छ। ‘बायो लार्भिसाइड प्रयोग गरेपछि पानीमा रहेका लामखुट्टेका लार्भा नष्ट हुन्छन् भने अन्य जीवाणुलाई असर गर्दैनन्’, उनले भनिन्।

Next Post

भारतमा मतदान स्थलमा खटिएका ३३ कर्मचारीहरुको हृदयघातका कारण मृत्यु

२० जेष्ठ २०८१, आईतवार १७:५५
काठमाडौं। देशभर बढीरहेको गर्मीबिच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरुको हृदयघातका कारण मृत्यु भएको छ । निर्वाचन अधिकारीले दिएको जानकारीअनुसार ती कर्मचारीको गर्मीका कारण मृत्यु भएको हो । भारतको विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम रहेको छ । सोही कारण धेरैको मृत्यु भएको […]