भारतमा मतदान स्थलमा खटिएका ३३ कर्मचारीहरुको हृदयघातका कारण मृत्यु

  ।   २० जेष्ठ २०८१, आईतवार १८:२८
साकेंतिक तस्बिर

काठमाडौं। देशभर बढीरहेको गर्मीबिच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरुको हृदयघातका कारण मृत्यु भएको छ । निर्वाचन अधिकारीले दिएको जानकारीअनुसार ती कर्मचारीको गर्मीका कारण मृत्यु भएको हो ।

भारतको विभिन्न ठाउँमा ४५ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम रहेको छ । सोही कारण धेरैको मृत्यु भएको खबर आइरहेको छ । भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार उत्तर प्रदेशको झाँसीमा तापक्रम ४६.९ डिग्री सेल्सियस पुगेको छ।

सातौँ तथा अन्तिम चरणको मतदान शनिबार समाप्त भएको उत्तर प्रदेशका प्रमुख निर्वाचन अधिकारी नवदीप रिन्वाले गर्मीका कारण ३३ जना मतदानकर्मीको मृत्यु भएको बताए। तथ्याङ्कमा सुरक्षा गार्ड र सरसफाइ कर्मचारीहरू समावेश रहेका थिए ।

“मृतकको परिवारलाई पन्ध्र लाख भारतीय रुपैँया ९अठार हजार अमेरिकी डलर० को आर्थिक क्षतिपूर्ति प्रदान गरिनेछ” रिन्वाले पत्रकारलाई बताए ।

जब कुनै व्यक्ति डिहाइड्रेटेड हुन्छ, अत्यधिक गर्मीका कारण रगत जम्ने र अङ्गहरुले काम गर्न छोड्ने भइ मानिसहरुको मृत्यु हुने विशेषज्ञहरु बताउँछन् ।

“बालिया सहरमा मतदान गर्न लाइनमा पर्खिरहेका एक मतदाता मतदानस्थलमा नै बेहोस भए। मतदातालाई स्वास्थ्य केन्द्रमा लगिएको थियो, जहाँ आइपुग्दा उहाँलाई मृत घोषित गरियो” रिन्वाले छुट्टै घटनाबारे जानकारी गराउँदै भने।

Next Post

नेपाल बङ्गबन्धु कप फाईनलमा, उपाधिका लागि बङ्गलादेश संग भिड्दै

२० जेष्ठ २०८१, आईतवार १८:२८
काठमाडौं । बङ्गलादेशमा जारी चौथो बङ्गबन्धु कप कबड्डि फाईनलमा प्रवेश गरेको छ । आईतवार बेलुका ५ बजे केन्य संगको प्रतिस्पर्धामा निर्धारित समयमा ५०-५० अङ्कले खेल बराबर हुँदा पेनाल्टी द्धारा ५७ का बिरुद्ध ५९ अङ्कले केन्यलाई पछि पार्दै नेपाल फाईनल प्रवेश गरेको अखिल नेपाल कबड्डि संघ नेपालका सचिव तर्कराज भट्टले बताउनुभएको […]

सम्बन्धित शीर्षक