राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन ६ र ७ गते

  ।   ४ बैशाख २०८१, मंगलवार १८:४१

कालिकोट । सरकारले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन वैशाख ६ र ७ गते बालबालिकालाई सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ को सबै तयारी पूरा भएको जानकारी दिए ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ । भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।

उनले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १० हजार स्वास्थ्यकर्मी खटिने बताए ।

पोषण शाखा प्रमुख थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाइने बताए । “भिटामिन ए र जुकाको औषधि खुवाउन आएका अभिभावकलाई तपाईंको बच्चाले कुनै खोप लगाउन छुटेको छ कि छैन भनेर महिला स्वयंसेविकाले सोध्ने गर्दछन्,” उनले भने, “यदि खोप लगाउन छुटेको हो भने नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउन महिला स्वयंसेविकाले अनुरोध गर्दछन् ।” सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ ।

Next Post

टोल बस्तिहरुमा पुगेर शुभकामना आदानप्रदान गर्दै अध्यक्ष भण्डारी

४ बैशाख २०८१, मंगलवार १८:४१
सुखेत । बरहाताल गाँउपालिका सुखेतका अध्यक्ष टोल टोल पुगेर चैते दशैंको  शुभकामना आदानप्रदान गरेका छन् । बराहताल गाउँपालिका वडा नं ४ स्थित माथिल्लो तरंगा , तल्लो तरंगा , चन्द्रिबाँध , छाप्रे , कुटा हुँदै साजघाट सम्मका टोल बस्तिहरुमा  चैते दशैं २०८० को   शुभकामना आदानप्रदान गर्नुभएको हो ।  चैते दशैंको अबसरमा  […]