सुखेत । बरहाताल गाँउपालिका सुखेतका अध्यक्ष टोल टोल पुगेर चैते दशैंको शुभकामना आदानप्रदान गरेका छन् । बराहताल गाउँपालिका वडा नं ४ स्थित माथिल्लो तरंगा , तल्लो तरंगा , चन्द्रिबाँध , छाप्रे , कुटा हुँदै साजघाट सम्मका टोल बस्तिहरुमा चैते दशैं २०८० को शुभकामना आदानप्रदान गर्नुभएको हो ।
चैते दशैंको अबसरमा बरहाताल गाँउपालिकाका अध्यक्ष भिम बहादुर भण्डारीले आफुलाई मतदान गर्ने मतदाताहरुलाई टोल बस्तिहरुमा पुगेर शुभकामना आदानप्रदान तथा तेहाँको विकास निर्माण अनुगमन र स्थानियहरुको गुनासो लिने स्थानियलाई सेवा दिने काम गर्ने गरेको अध्यक्ष भण्डारी बताउँछन् ।
विशेषगरी टोल बस्तिहरुमा नागरिकले पाउने सेवा सुविधा विकास निर्माणको अनुगमन गर्ने नाग।ीकलाई कुनै कमी आउन नदीन यसै गरी पालिकाको सबै वडा र टोलटोलमै पुगेर गुनासो लिने गरेको अध्यक्ष भण्डारीले बताए ।