अन्तिम खेलमा आज नेपालले साउदी अरेबियासँग खेल्दै

  ।   ५ बैशाख २०८१, बुधबार १०:५८
Nepal players celebrate the run out of Mohammad Nizakat Khan of Hong Kong, China during the ACC Men's Premier Cup 2024 Group A match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 15, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपमा टी २० प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपालले साउदी अरेबियासँग खेल्दैछ । साउदी अरेबियासँगको खेल मध्यहान्न ११/ ४५ मा अल अमरेत क्रिकेट ग्राउन्ड २ मा शुरुहुनेछ ।

नेपाल समूह ए बाट ३ खेलमा ६ अंकका साथ विजेता बन्दै सेमिफाइनलमा पुगी सकेको छ । त्यसैले आजको खेल नेपाललाई प्रतिष्ठाका लागि मात्रै हुनेछ । साउदी अरेबिया ३ खेलमा २ मा हार र एकमा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाललाई हराउन सके ४ अंकका साथ सेमिफाइनल खेल्ने साउदीको बलियो सम्भावना छ ।

नेपालले सेमिफाइनल अघि दीपेन्द्रसिंह ऐरीसहित केही खेलाडीलाई विश्राम दिनसक्छ । बेन्चमा भएका अनिलकुमार शाह र प्रतिश जि।सीले मौका पाउन सक्छन् ।

नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले हराएको थियो । साउदीले हङकङविरुद्ध २०२ रन बनाउँदै ५५ रनको जित हात पारेको थियो । मलेसियासँग १२ रन र कतारसँग १५ रनले हारेको थियो ।

Next Post

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

५ बैशाख २०८१, बुधबार १०:५८
सुर्खेत । सल्यानमा बस दुर्घटना भएको छ । सल्यानबाट रुकुम पश्चिम जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बागचौर नगरपालिका–२, ठिनबाङ खोलाको पुलबाट बस पल्टिएर सडकभन्दा तल खसेको हो । रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले […]