सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

  ।   ५ बैशाख २०८१, बुधबार १४:३५

सुर्खेत । सल्यानमा बस दुर्घटना भएको छ । सल्यानबाट रुकुम पश्चिम जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

बागचौर नगरपालिका–२, ठिनबाङ खोलाको पुलबाट बस पल्टिएर सडकभन्दा तल खसेको हो । रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा चालकसहित १४ जना घाइते भएका छन् । अहिले घाइतेहरुको उपचारका लागि स्थानीय मेडिकलमा पठाइएको छ । घटनास्थलमा उद्धार कार्य भइरहेको छ ।

बस चालक दाङ तुलसीपुर उपमहानगरपालिका ३८ वर्षीय पूर्ण राना रहेको जनाइएको छ ।

जिल्लाको बागचौर नगरपालिका–२ ठिनबाङ खोला पुलमा बुधबार बिहान बस दुर्घटना भएको हो । बस पल्टिएर सडक मुनी पुगेको छ ।

अहिले नेपाल प्रहरी र स्थानिय घटनास्थलमा पुगेर उद्धारको काम भैरहेको र क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।दुर्घटनामा परेर केही यात्रु घाइते भएको आशंका गरिएको छ ।

Next Post

गाजा शरणार्थी शिविर आक्रमणमा १३ जनाको मृत्यु

५ बैशाख २०८१, बुधबार १४:३५
काठमाडौं। मध्यगाजाको अल–मघाजी शरणार्थी शिविरमा मङ्गलबार भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा २५ जनाभन्दा बढी घाइते भएको अल–अक्सा शहीद अस्पताल अधिकारीहरूलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । प्रत्यक्षदर्शी निहाद ओवादेतल्लाहबाट प्राप्त भिडियोमा आक्रमणपछि धेरै मृत मानिसहरु भुइँमा लडिरहेको देखाएका थिए । यसैगरी धेरै मानिसहरू आतङ्कित […]