अपडेट

जुम्लामा तेस्रो पालिका स्तरीय शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला सुरु

  ।   १३ असार २०८२, शुक्रबार २१:५०

जुम्ला । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र बालबालिकाको सिकाइ विकासका लागि शैक्षिक सामग्री प्रदर्शनी तथा तेस्रो पढाइ मेला आयोजना गरिएको छ । जुम्लाको हिमा गाउँपालिकाले पालिका स्तरीयमा तेस्रो पालिका स्तरीय शैक्षिक सामग्री प्रदर्शनी तथा पढाइ मेला आयोजना गरेको हो ।

बालबालिकाको सीप र क्षमताको प्रदर्शनलाई प्रोत्साहन गर्न उद्देश्यले शुक्रबार र शनिबार गरि २ दिनका लागि पढाइ मेला सुरु भएको छ ।

गाउँपालिकाभित्रका २२ सामुदायिक विद्यालयमध्ये १९ विद्यालय सहभागी भएका उक्त मेला बालबालिकाको नियमित पठनपाठन सुधार, पठन सीप विकास र सिर्जनात्मक क्षमताको पहिचान गर्न केन्द्रित भएको गाउँ पालिका सरकार प्रबक्ता रतन बहादुर शाहीले बताए ।

विद्यालयको शैक्षिक सामग्री निर्माण, बालबालिकाको प्रस्तुति शैली र सामग्रीको प्रभावकारिता मूल्याङ्कनका आधारमा तिन वटा आधारभुत र ३ वटा माध्यमिक उत्कृष्ट विद्यालय छानिएको छ ।

प्रमुख अतिथि जुम्ला जिल्ला समन्वय समिति प्रमुख गौरी नन्द आचार्यले हिमा गाउँपालिकाको बारेमा बोल्नु नपर्ने गरि परिणाम देखाएको र पढाइ मेलामा देखिएका शैक्षिक प्रदशनिले सीप सिकाइने पछि गएर कोहि पनि बेरोजगार बस्न पर्ने अबस्था आउन नदिने विद्यार्थि भाइबहिनीको उज्ज्वल भविस्यको कामना दिदै कार्यक्रम सफलताको सुभकामना व्यक्त गरे ।

शैक्षिक गुणस्तर सुधार गर्न शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको आफ्नो उम्मेदवारका बेला जनताका आधारभुत आवश्यकता पूरा गर्दै गइरहेको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीको भनाइ छ ।

स्थानीय स्रोतमाथि आधारित शैक्षिक प्रयासले बालबालिकाको सिर्जनशीलता र व्यवहारिक सीपलाई विशेष प्राथमिकतामा राखेर पढाइ मेला सञ्चालन गरिएको उपाध्यक्ष सुर्पना शाहीले बताइन ।

कार्यक्रममा राजनीति दलका प्रमुख तथा प्रतिनिधि सरकारवाला पत्रकार , विद्यार्थि अभिभावक स्थानीयको उल्लेखनीय उपस्थिति रहेको हो ।

कार्यक्रममा बक्तित्वकला , हाजिरी जबाफ, देउडा खेल लगाएतका खेल मार्फत प्रतिस्पर्धा गरिने भएको छ ।सो कार्यक्रमको संचालिका बर्षा पाण्डेले गरेकी हुन । पाण्डेको दोस्रो दिन अर्थात भोलि सनिवार भव्य विशेष प्रस्तुति रहने आयोजक कमिटीले बताएको छ ।

पूरा भिडियो :

 

Next Post

आगामी ३ दिन पश्चिम नेपालमा भीषण वर्षा हुने सचेत रहन आग्रह

१३ असार २०८२, शुक्रबार २१:५०
सुर्खेत । आगामी तीन दिन पश्चिम नेपालमा भीषण वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै शनिबार साँझदेखि सोमबार बिहानसम्म कर्णालीका पहाडी भू–भाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । अन्य पहाडी भू–भागका एक–दुई स्थानमा […]