नारायण क्याम्पस स्ववियुको निर्वाचनमा अनेरास्ववियु प्यानल विजयी

  ।   २९ भाद्र २०८१, शनिबार २०:१४

दैलेख । नारायण क्याम्पस दैलेखमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको प्यानल नै विजयी भएको छ ।

अनेरास्ववियुबाट स्ववियु सभापतिमा हिमबहादुर बस्नेत विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा बस्नेत नेपाल विद्यार्थी संघका विष्णुप्रसाद कोइरालालाई नौ मतले पछाडि पार्दै विजयी भएका हुन ।

नेविसंघ, अखिल क्रान्तिकारी र समाजवादी अनेरास्वयूबीचको गठवन्धनलाई हराउँदै अनेरास्ववियुले स्ववियुमा वर्चस्व जमाएको छ ।

यस्तै अनेरास्ववियुका फिलिप सिंहले ६५ मतान्तरसहति समाजवादी अनेरास्ववियुका टेकराज बुढालाई पराजित गरे । सिंहले एक सय ९२ मत प्राप्त गर्दा बुढाले एक सय २७ मत प्राप्त गरी पराजित भए ।

कोषाध्यक्षमा अनेरास्ववियुका शुष्मा शाहीले ३१ मतान्तरसहित अखिल क्रान्तिकारीका भुवनप्रसाद पाण्डेलाई पराजित गरिन् । शाहीले एक सय ७२ मत प्राप्त गर्दा पाण्डेले एक सय ४१ मत प्राप्त गरी पराजित भए ।

Next Post

दिर्घ बहादुर शाही कविका मुक्तक

२९ भाद्र २०८१, शनिबार २०:१४
दिर्घ बहादुर शाही कविका मुक्तकहरु पिडा छोडेर हासो अन्तै फरार हुन्छ फुटेको छ यो दिल जहिले परार हुन्छ आयौं वर्षा बनेर यही आगनमा तिमी सकिन अञ्जुली भर्न नजरले प्यार हुन्छ छाना बनाए त्यो गाउँको सहर भेटियो रोपे अमृत फलाउ भनी, जहर भेटियो बचपन प्यारो लाग्थ्यो स्कुल जादा संगै बढ्दै गयो […]