दिर्घ बहादुर शाही कविका मुक्तक

  ।   २९ भाद्र २०८१, शनिबार २०:५४

दिर्घ बहादुर शाही कविका मुक्तकहरु

पिडा छोडेर हासो अन्तै फरार हुन्छ
फुटेको छ यो दिल जहिले परार हुन्छ
आयौं वर्षा बनेर यही आगनमा तिमी
सकिन अञ्जुली भर्न नजरले प्यार हुन्छ

छाना बनाए त्यो गाउँको सहर भेटियो
रोपे अमृत फलाउ भनी, जहर भेटियो
बचपन प्यारो लाग्थ्यो स्कुल जादा संगै
बढ्दै गयो जवानी आज अभर भेटियो

 

फुल धागो गाँसेरै बन्ने हार हो जिन्दागानी
मागे जती दिन सँकु उदार हो जिन्दागानी
खपेर जम्मै हरदम पीडा रम्दछु रिपुकै सामु
छर्दै ती हँसाउने खुसी प्यार हो जिन्दागानी

दिर्घ  बहादुर शाही कवि
खाँडाचक्र नगरपालिका -५ कालिकोट

Next Post

नेपाल युथ समिट बृहत् अन्तरक्रिया र छलफलसहित सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

२९ भाद्र २०८१, शनिबार २०:५४
काठमाडौँ । राष्ट्र निर्माण मञ्च नेपालद्वारा हालै काठमाडौँमा आयोजित ‘नेपाल युथ समिट’ बृहत् अन्तरक्रिया र छलफलसहित सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । युथ समिटमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका ख्यातिप्राप्त व्यक्तिहरू प्यानलिस्टका रूपमा सहभागी हुनाका साथै देशभरका पाँच सयभन्दा बढी युवाले सहभागिता जनाएका संयोजक भूपेन्द्रजङ्ग शाहीले जानकारी दिनुभयो […]