कालिकोट । तिहारमा देउसीभैलो खेल्ने कलाकारको समूहले भरिने मान्मा बजार यस पटक रौनक कम भएको छ । युवायुवती विदेशिदाको असर देउसीभैलो खेल्ने संस्कृतिमा पनि देखिन थालेको छ ।
सदरमुकाम मान्म बजार मात्र नभएर अन्य बजारका अधिकांश ठाउँमा पछिल्ला केही वर्षयताको तिहारमा देउसीभैलो खेल्ने युवा युवतिहरु कम रहेका स्थानीयबासीहरु बताउँछन् । बजारमा भएका युवा युवतिहरु विदेशिनु र गाउँघरमा धान, कोदो भित्र्याउने, कोदो, गहुँ छर्ने कामको चटारो भएकाले देउसीभैलो खेल्ने कम भएको नरहरीनाथ गाँउपालिका -२ कोटबाडाकि अस्मिता बिष्टले बताउनुभयो ।
पुरानो संस्किृत लोभ हुदै गएको र अहिलेको तिहारमा डिजे गितमा नाच्ने र भट्याउने कार्यभइरहदा अलि खल्लो लागेको मान्म बजारका स्थानिय व्यापारी बताउछन ।
देसीभैलोको उद्देश्य, स्वरुप र शैली फेरियोको छ । पहिले मनोरञ्जनका लागि खेलिने देउसीभैलोको शैली, स्वरुप र उद्देश्य पनि फेरिएको छ । संस्कृति संरक्षणसँगै आर्थिक स्रोत जुटाउने उद्देश्यले देउसीभैलो खेल्ने चलन बढेको छ । कलाकारहरुले आफै भट्याउने, बजाउने चलन कम छ । रेकर्ड गित स्पिकरमा बजाएर नाच्ने गरिएको छ । यसो हुँदा देउसीभैलोको मौलिक पक्ष ओझेलमा परेको कलाकार बहादुरे विस्वकर्माले बताउनुभयो ।