लेखक तथा साहित्यकार अमर अधिकारीसँग मिल्दाजुल्दा ब्यक्ति देखिएपछि

  ।   १ कार्तिक २०८१, बिहीबार २०:३१

काठमाडौं स्थित सरस्वती मन्दिर योग तथा साधना केन्द्र परिसरमा दशैँ टीकाको अवसरमा भैरहेको नाचगानमा सहभागी एकजना ब्यक्तिको स्वरुप कीर्तिमानी तथा चर्चित लेखक एबं साहित्यकार अमर अधिकारीसँग मिल्न गएपछि धेरैजना छक्क परेको देखिएको छ। पोशाक पनि उस्तै र अनुहार पनि उस्तै देखिएपछि अमर अधिकारी पनि आफै छक्क पर्नुभएको छ। नाच्दैगरेका ती ब्यक्ति समेतको भिडियो त्रिलोचन आचार्यले फेसबुकमा हालेपछि अमर अधिकारीको नजर त्यसमा पुगेपश्चात् एकछिन वहाँ रणभुल्लमा पर्नुभयो। मु नाच्ने मान्छे नै होइन, कसरी र कहिले म यसरी नाचेूँ भनेर आफैले आफैलाई प्रश्न गर्नुभयो।

अमर अधिकारी हालका दिनहरुमा लेख-रचनामार्फत निकै चर्चा बटुल्ने पूर्वप्रशासक हुनुहुन्छ। नयाँनयाँ कीर्तिमान रचिसक्नुभएका अमर अधिकारी नेपालको सबैभन्दा छोटो लघुकथाका रचनाकार हुनुहुन्छ। वहाँको समयको खेलु शिर्षकको लघुकथा गोरखापत्रको सहप्रकाशन मधुपर्कमा प्रकाशन भएको थियो। मोबाइलमै कोरिएको नेपालको पहिलो पुस्तक ओगिल्जाु का लेखक पनि वहाँ नै हुनुहुन्छ। त्यस्तै हालका दिनहरुमा सबैभन्दा बढी लेख-रचनाहरु वहाँकै प्रकाशन हुनेगरेका छन्। कहिलेकाहीँ दिनमा ३।४ वटासम्म लेख-रचना प्रकाशन भएपछि वहाँको थप चर्चा हुनेगर्छ। धेरै विधाहरुमा साहित्यिक रचना गर्ने र धेरै विषयहरुमा लेखहरु लेख्ने पनि वहाँ नै हुनुहुन्छ। वहाँका प्रभावकारी लेखहरु पढेर उच्चपदस्थ ब्यक्तिहरु पनि छक्क पर्दैआउनुभएको अधिकारी बताउनुहुन्छ। वहाँको पहिलो कृतिको रुपमा बालकविता संग्रह इन्द्रेणीु २०६१ सालमा प्रकाशन भैसकेको छ। दोस्रो कृति आत्मकथासंग्रह ओगिल्जाु २०८० मा प्रकाशन भयो। सो पुस्तक प्रकाशन भएको छ महिनामै सकिएको छ। २०८० मै रापतीका अलग शब्दहरुु प्रकाशन गरिसक्नुभएका अधिकारीले दिनेश अधिकारी लिखित उपन्यास जरोु को भाषा सम्पादक पनि हुनुहुन्छ। अमर अधिकारीः जीवनी, व्यक्तित्व र कृतित्व, नामको पुस्तक डा। घनश्याम खतिवडाले लेख्दैहुनुहुन्छ। सो पुस्तक तिहारअगाडि विमोचन हुने बताइएको छ। लेखक तथा साहित्यकार अधिकारीको गीत साइली सललु रेकर्डिङ भएर बजारमा आइसकेको छ भने थप गीत तथा भजन रेकर्डिङका लागि कुरा भैरहेको र भविष्यमा थप आठवटा पुस्तकहरु प्रकाशन गर्ने धोको रहेको अधिकारी बताउनुहुन्छ। अधिकारीका लेखरचनाहरु काठमाडौँका ठूला सञ्चारमाध्यमदेखि जुम्लासम्मका सञ्चारमाध्यमहरुबा प्रकाशन हुँदैआएका छन्।

आफूसँग मिल्दोजुल्दो मान्छेको र आफ्नो फोटो फेसबुकमा सँगसँगै सम्प्रेषण गरेपछि अधिकारीका फेसबुक साथीहरुले अचम्म मानिरहनुभएको बताइएको छ।

Next Post

चारवटा भैँसी पालेमा किसानले पशुघर निर्माण गर्न अनुदान पाउने

१ कार्तिक २०८१, बिहीबार २०:३१
सुर्खेत । चारवटा भैँसी पालेमा जाजरकोटको बारेकोट गाउँपालिकाका किसानले पशुघर निर्माण गर्न अनुदान पाउने भएका छन् । मानव घरबाट पशुघर अलग निर्माण गर्ने उद्देश्यका साथ इच्छुक व्यक्तिले सम्पर्क गर्न आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले जानकारी दिए । बारेकोटमा अधिकांश स्थानीयले माथिल्लो तलामा आफू बस्ने र तल्लो तलामा पशुचौपाया पालन […]

सम्बन्धित शीर्षक