कविता
पुगेन पिरतीको फाको
फुलेन भने सयपत्री
बन्दैन रहेछ अग्लो हार
बस्दैन रहेछ गलामा
तर बिस्तारै
सजिन परेयो भने शिरमा
फुल्न परेयो भने कसैको बारीमा
हुन छ भने झकिझकाउ
समाधि सम्मको यात्रा
खुसी हुदैन काडाको बस्ती
कठोर बनी दिन्छ
पत्थरको हृदय
पग्लिदैन चिसो हिउँ
घामको पहेँलो रश्मीले
बाड्दैन पिरती फाको
अघाउदैन फुल बस्ने गमला
त्यसैले अब
फुल्नु पर्छ हार बन्नका निम्ति
उम्रनु पर्छ गमला भइ
फल्नु पर्छ बाड्नलाई
पिरतीको फाको
बर्ता खाँचो छ सबरीको
किनार जसरी बग्न
सजिदै बस्नु उसैको शिरमा
किनकि
कसैको बारी र
उसको शिर उस्तै उस्तै हुन।।
शिर्षक
अबेलाको निम्तो
गहिरी आउतमा
असिना बर्सदा पेट रुन्छ
बाढी छिर्दा नयन दुख्छन
खडेरी पसेर अन्न ओइलाउदा
दया लाग्दो बन्छ चेहरा
किनारा बस्छन् चाहना जति
बसाल्न मन गर्दैन
ललाटले चन्दनलाई
मुस्कान छर्न मान्दैन
कसैको बस्तीमा ओठ
बस्छ एक्लो बनी हृदय
पत्थरको सालिक सरह
उभिन्छ सबेरै
बासमती उमार्न भनेर
फल्दैन सुवासित अन्न
अघाउदैन रुन्चो पेट
पसिना खनेर भाग्य छर्दा
सपना संगै बिउँझन्छ ऐँठन
सुक्छ भविष्यको सुप्लो
पोखिन्छ सिँचाइ गर्ने पसिना
फुल्दैन डोलखेतको बासमती
निदाउन्न अबेलाको ऐँठन
फुल्दैन पसिना उमार्ने बोट
किनारा बसेका चाहना जतिलाई
निम्तो पठाएर भन्नू छ
अब गहिरी आउतले
फलाउदैन बासमती
दया लाग्दो चेहरा
रुन्चो पेट मुस्कुराउने गरी।।
दीर्घ बहादुर शाही डोक्काघरे






