प्रदेश, जिल्ला र पालिका तहबीच समन्वय बढाउन टेबल टप अभ्यास

  ।   २ पुष २०८२, बुधबार १५:०८

सुर्खेत । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको समन्वयमा युरोपियन युनियनको आर्थिक सहयोगमा UNDP/UNICEF/UN Women तथा HI को संयुक्त साझेदारीमा, रोयम नेपाल र सुन्दर नेपाल संस्था सुर्खेतको सहजीकरणमा एकदिने टेबल टप कृत्रिम घटना अभ्यास बिरेन्द्रनगरमा गरिएको  छ।

कार्यक्रम विपद् व्यवस्थापनमा सरोकारवाला निकायहरूको तयारी, समन्वय र प्रभावकारी प्रतिकार्य क्षमतालाई सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको हो।

अभ्यासका क्रममा सहभागीहरूलाई प्रदेश समूह, जिल्ला समूह र पालिका समूह गरी तीन समूहमा विभाजन गरिएको थियो। समूहगत छलफलमार्फत सम्भावित विपद् अवस्थाको पूर्वतयारी, आवश्यक सामग्रीको व्यवस्थापन, जनशक्ति परिचालन, प्रतिकार्य अभ्यास (प्रोटोकल), स्वास्थ्य सेवा तथा अन्य विविध विषयमा गहन छलफल गरिएको थियो। छलफलहरू समस्यामुखी मात्र नभई समाधान केन्द्रित रूपमा अघि बढाइएको आयोजकले जनाएको छ।

कार्यक्रमको सहजीकरण तथा प्राविधिक सल्लाह–सुझाव रोयम नेपालका सहजकर्ता डा. सिर्जन मल्लले प्रदान गर्नुभएको थियो। उहाँले विपद् जोखिम न्यूनीकरणमा बहुपक्षीय समन्वय, स्पष्ट कार्ययोजना र अभ्यासको निरन्तरताको महत्वमाथि जोड दिनुभयो।

आयोजकका अनुसार यस्ता अभ्यासले वास्तविक विपद् अवस्थाको सामना गर्दा सरकारी निकाय, स्थानीय तह र साझेदार संस्थाबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको छ।

Next Post

अक्कल कोपिला फाउन्डेसनद्वारा मुगुमा न्यानो कपडा र शैक्षिक सामग्री वितरण

२ पुष २०८२, बुधबार १५:०८
मुगु । समाजसेवामा निरन्तर सक्रिय अक्कल कोपिला फाउन्डेसनले मुगु जिल्लाका विभिन्न दुर्गम बस्तीहरूमा अध्ययनरत विद्यार्थी, अपाङ्गता भएका व्यक्ति तथा एकल वृद्ध–वृद्धालाई लक्षित गरी न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ। फाउन्डेसनका संस्थापक बोहराकी धर्मपत्नी कोपिलाको नेतृत्वमा सम्पन्न उक्त कार्यक्रमले स्थानीय समुदायमा ठूलो उत्साह र आशा जगाएको छ। स्पेनको कोस्टा […]

सम्बन्धित शीर्षक