सिमकोटमा स्थानीय स्याउको जुस र जाम उत्पादन सुरु

  ।   २४ पुष २०८१, बुधबार १६:५५

हुम्ला । सिमकोटमा स्थानीय स्याउको जुस र जाम उत्पादन सुरु भएको छ। यसअघि परीक्षणका रुपमा उत्पादन गरिएकोमा बजार पनि पाउन थालेपछि उत्पादन सुरु गरिएको हो।

स्थानीय स्याउबाट जुस र जाम उत्पादन सुरु गरिएको सञ्जय कृषिजन्य खाद्य उद्योगकी सञ्चालक तुथासरा बोहराले बताउनुभयो। उनका अनुसार हालसम्म प्रतिलिटर ३०० रुपैयाँको दरले ५०० लिटर जुस बिक्री गरिएको र ३०० केजी जाम प्रतिकेजी २५० रुपैयाँमा बिक्री गरिएको उहाँले जानकारी दिनुभयो। उद्योगमा हाल १५० लिटर जुस र २० केजी जाम बाँकी रहेको छ।

जिल्लामा पहिलो पटक स्याउको जुस र जाम उत्पादन सुरु भएको हो। जुसको उपभोग गर्ने समय एक वर्षको छ भने जामको ६ महिना छ। उद्योगले ५०० प्याकेट आलु चिप्स उत्पादन गरेर प्रतिप्याकेट ५० रुपैयाँमा बिक्री गरेको र २०० प्याकेट मौज्दात रहेको उहाँको भनाई रहेको छ ।उद्योगले डालेचुकको जुस उत्पादन सुरु गरेको छ। उद्योगले सञ्चालनमा ल्याएको प्रशोधन मेसिन स्याउ जोन परियोजना र व्यवसायी स्वयंकै लगानीबाट खरिद गरिएको हो।

Next Post

साहित्यकार अमर अधिकारीको प्रचण्डलाई खुला पत्र

२४ पुष २०८१, बुधबार १६:५५
साहित्यकार अमर अधिकारीले प्रचण्डलाई खुला पत्र लेखेका छन् । प्रचण्डजी ! हेक्का राखुस्। तपाईको पार्टीमा मेरा आफन्त र शुभचिन्तकहरु पनि छन्। तपाईका कार्यकर्ताहरुलाई धम्कीको भाषा बोल्न नलगाउनुस् । स्वतन्त्र लेखकहरुको घरमा जाजुस पनि नखटाउनुस्। जसरी तपाईको टाउकोबाट कपालका रौंहरु झर्दै गैरहेका छन् त्यसरी नै तपाईको पार्टी प्रतिको विश्वास र आस्थामा […]