साहित्यकार अमर अधिकारीको प्रचण्डलाई खुला पत्र

  ।   २४ पुष २०८१, बुधबार २०:४२

साहित्यकार अमर अधिकारीले प्रचण्डलाई खुला पत्र लेखेका छन् ।

प्रचण्डजी !

हेक्का राखुस्। तपाईको पार्टीमा मेरा आफन्त र शुभचिन्तकहरु पनि छन्। तपाईका कार्यकर्ताहरुलाई धम्कीको भाषा बोल्न नलगाउनुस् । स्वतन्त्र लेखकहरुको घरमा जाजुस पनि नखटाउनुस्। जसरी तपाईको टाउकोबाट कपालका रौंहरु झर्दै गैरहेका छन् त्यसरी नै तपाईको पार्टी प्रतिको विश्वास र आस्थामा कमी आइरहेको छ । यो कुरा गत निर्वाचनहरुले देखाइसकेका छन्। तपाईका कार्यकर्ताहरुको मुर्खताका कारण तपाईको पार्टी खस्किदै गएको पाइन्छ।

म स्वतन्त्र लेखक हूँ, म कुनै पार्टी विशेषको मान्छे होइन। तर प्रजातन्त्र र लोकतन्त्रमा विश्वास गर्ने लेखक हूँ। मैले सिंहदरबारभित्र रहेर १२ वर्ष सेवा गरेको पूर्व राष्ट्रसेवक पनि हूँ। जनताको बुई चढेर ठूला पार्टीहरुका नेताहरुले आफ्नो स्वार्थ पुरा गर्नेतिर लागेका धेरै प्रमाणहरु छन् मसँग। म अहिले पूर्व राष्ट्रसेवकको हैसियतले होइन, एक स्वतन्त्र लेखकको हैसियतले लेखहरु लेख्ने गर्छु। महा‌भष्ट्रलाई अख्तियारको प्रमुख बनाइएको कुरा मैले भुल्दैन। त्यस्तै पेट्रोलपम्पका अर्थपति मालिकलाई संस्थानको सञ्चालक समितिको अध्यक्ष बनाइएको थियो। आठ कक्षा पनि नपढेकालाई संस्थानको संचालक सदस्य बनाइएको होइनरु २०४८ पछि यस्ता नचाहिँदा काम त कति छन् कति। तपाईकै कार्यकर्ताले मेरो कुर्सी टेबुल नै खोसेका थिए र मैले दुई महिना विदा लिएर बसेको थिएँ। कर्मचारीमाथि गरिने तपाईका कार्यकर्ताको यस्ता घिनलाग्दा व्यवहार के मुलुकको हितमा छरु

२०८४ को निर्वाचन आउँदैछ, आफ्ना छाडा कार्यकर्ताहरुलाई नियन्त्रण गर्नुस्। उनीहरुलाई गाउँगाउँमा रहेका बाँझो खेतबारी खनजोत गर्न पठाउनुस्। श्रमका लागि युवाहरुलाई विदेश जाने वातावरण रोक्नुस्। पार्टीलाई सुधार गर्नुस्, जन‌ताको मन जित्ने काम गर्नुस्। दशवर्षमा खाडीबाट दशह‌जारको लास आउनुपर्ने अवस्था सिर्जना कसले गरेको होरु ख्याल गर्नुस् ।

लेखकहरुको काम खबरदारी गर्ने हो, अहिलेसम्म मेरा लेखहरुबाट राष्ट्रियस्तरमा धेरै सुधारका काम हुँदैआएका छन्। कलमको शक्तिलाई कमजोर नठान्नुस्। लेखकहरुमाथि हुने तपाईका कार्यकर्ताहरुका जासुसी काम र धम्कीका कामले अवश्य पनि तपाई र तपाईको पार्टीलाई क्षती पुग्ने निश्चित छ। पार्टी सुधारको बाटोतिर लाग्नुस्, आवश्यक सल्लाह चाहिएमा मसँग पनि लिनसक्नुहुनेछ। मेरा हरेक लेखहरु खोजेर पढ्‌ने गर्नुस्। देश किन बर्बाद हुँदै गएको छरु

म देशभक्त हूँ, मलाई देशको साह्रै माया लागेर आउँछ र मैले देशभक्तको हैसियतमा लेख(रचनाहरु गर्ने गर्छु। मैले साहित्यतर्फ व्यङ्ग्य विधामा पनि कलम चलाउँछु र विकृति विसंगतिका विरुद्ध व्यंग्य पनि गर्छु।

म कुनै पनि पार्टीको विरोधी होइन, नचाहिँदा गतिविधिहरुको चाहिँ विरोधी पक्कै हूँ। कार्यकर्तालाई जनहितका काममा परिचालन गर्नुस्। ठग(चोर(फटाहा(लुटेरा जस्ता अपराधीहरुसँगको संगत छोड्नुस्। पार्टी सुधार गर्नुस्। मेरो शुभकामना

साहित्यकार तथा अमर अधिकारी रोल्पाका लेखक हुन ।हाल काठमाडौंमा बस्दै आएका लेखकका लेखहरु एकैदिनमा ३/४ वटा लेखहरु प्रकाशित हुँदै आइरहेका छन् ।