कालिकोट । उद्योग वाणिज्यसंघ कालिकोटले उम्मेदवारको नामावली प्रकाशन गरेको छ ।
४ चैतलाई तोकिएको उद्योग वाणिज्यसंघ कालिकोटको चुनाव ३० दिन सम्मका लागि स्थगित गरिएको चुनाव बैशाख १२ गते हुन लागेको हो ।
प्रक्रिया बिना उम्मेदवार टुंगो लगाएको भन्दै उजुरी परे पछि चैत्र ३ गते देखिनै लागू हुने गरि सम्पुर्ण मतदान प्रक्रिया स्थगित गरिएको माथि कारबाही गर्दा कालिकोट उद्योग बाणिज्य संघको दोस्रो संसोधित बिधान २०७१ को धारा १६ (क) मा ब्यवस्था भए अनुसार मतदान गर्न पाउने प्रतिनिधिहरुको ५१ प्रतिशत उपस्थिती नहुँदा गण पुरक संख्या पुराउन निर्वाचन आयुक्तको कार्यालय २०८० ले एक सुचना निकालेको थियो ।
संसोधित बिधानको धारा १६ को (ख) मा ब्यवस्था भए अनुसार उद्योग बाणिज्य संघका अध्यक्षबाट ३० दिन भित्र साधारणशभा बोलाई गण पुरक संख्या पुर्याई बिधान अनुसार चुनाब गर्न निर्वाचन आयुक्तको कार्यालयले निकालेको सुचनाको सम्पुर्ण बिधान अनुसार पुर्ण निर्वाचनमा होमिएर आज उम्मेदवारिको नाम प्रकाशन गरेको छ।