कर्णालीमा नयाँ सरकार गठनमा ढिलाइ माओवादीको अडान थप मन्त्रालय

  ।   २३ चैत्र २०८०, शुक्रबार ०७:५५

सुर्खेत । कर्णाली प्रदेश सरकारमा माओवादी केन्द्रले सभामुखसहित पाँच मन्त्रालयमा दाबी गरेको छ । सहमति हुन नसकेक्दा नयाँ सरकार गठनमा ढिलाइ हुने देखिएको छ ।

एमालेका यामलाल कँडेललाई मुख्यमन्त्री बनाउने सहमतिका साथ मुख्यमन्त्री राजकुमार शर्माले बुधबार राजीनामा दिएका हुन । यता कँडेल नयाँ सरकार बनाउन बुधबार नै कस्सिएका थिए । तर, माओवादीसँग पावर शेयरिङमा कुरा नमिल्दा बिहीबार पनि नयाँ सरकार अगाडि बढ्न सकेन । यद्यपि प्रदेश प्रमुखले नयाँ सरकार गठनको दाबी गर्न सात दिनको समय दिएका छन् ।

माओवादीले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि एमालेले बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गर्न खोजेको तर माओवादीले सबै प्याकेजमा हल गर्नुपर्ने अडान राखेपछि मुख्यमन्त्रीमा दाबी गर्न नपाएको माओवादीका सांसद दुर्गबहादुर रावतले बताए । उनले भने, ‘एमालेले मुख्यमन्त्रीमा आजै दाबी गर्न खोजेको हो । तर, हामीले सभामुख, अर्थ मन्त्रालयसहित पाँच मन्त्रालय मागेका छौँ । त्यो सहमति नहुँदासम्म प्रक्रिया अगाडि बढ्दैन ।’

एमालेले बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गर्ने र अरु भागवण्डा बिस्तारै गर्न चाहेको थियो । माओवादीले भने सभामुखसहित मागेका मन्त्रालय नपाए तत्काल प्रक्रियामा सहभागी नहुने जनाएको छ ।

यस भन्दा पहीला कर्णाली प्रदेश सरकार माननीय यामलाल कडेँलको नेतृत्वमा बन्ने नयाँ सरकार गठनमा स्रोतका अनुसार मुख्यमन्त्रालय सहित ८ वटा मन्त्रालय रहेको कर्णाली प्रदेश सरकारमा एमालेले मुख्यमन्त्री सहित ४ वटा मन्त्रालय लिने र माओवादी केन्द्र ले ४ वटा मन्त्रालय लिनेगरि प्रारम्भिक सहमति भएको स्रोतको भनाइ थियो ।

 

Next Post

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज हुदै

२३ चैत्र २०८०, शुक्रबार ०७:५५
काठमाडौं । नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेल बिहान ९बजेर ३०मिनेटदेखि शुरु हुने छ । नेपाल ए विरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । तीन खेलको सिरिजको पहिलो खेलमा आयरल्याण्ड वोल्भ्स २१ रनले विजयी भएको हो । यो जितपछि […]