तातोपानीमा सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

  ।   २७ असार २०८१, बुधबार २०:५५

कालिकोट। जुम्लाको तातोपानी गाउँपालिकाका सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । गाउँपालिका भरी अध्ययनरत दुई सय ४० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ भने कक्षा १ देखि ८ सम्मका ५२ वटा कक्षा कोठा व्यवस्थापनका लागि सामग्री सहयोग गरिएको हो ।

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभःद चिल्डेनको सहयोग तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक)नेपाल जुम्ला द्वारा सञ्चालित सहयात्रा तेस्रो परियोजनाले गाउँमा भित्रका वडा नं ४, ५, ७ र ८ का ५२ वटा कक्षा कोठा व्यवस्थापन गर्नका लागि कार्पेट, पी फम, प्रदान गरेको छ । यस्तै, यी वडामा रहेका कक्षा १ का लागि कुसन, राउन टेबल, जुत्ता राख्ने र्‍याक, प्रदान गरिएको छ ।

गाउँपालिकाको वडा नं १, २, ३ र ६ का कक्षा १ र २ का लागि राउण्ड टेलव, कुसन, जुत्ता राख्ने र्‍याक प्रदान गरिएको छ । यसका लागि साझेदार संस्थाको २० लाख खर्च भएको छ ।

सहयात्रा तेस्रो परियोजना अन्तर्गत शिक्षा कार्यक्रम संयोजक ख्यामराज लामिछानेले शैक्षिक गुणस्तर सुधारका लागि पहिलो कुरा बसाई व्यवस्थापन पनि महत्त्वपूर्ण भएकाले गाउँपालिकासँगको सल्लाहमा यी सामग्रीको वितरण गरिएको बताउनुभयो । गाउँपालिका र साझेदार संस्थाले निकालेको तथ्याङ्कमा छ सय दुई जना बालबालिका छन् ।

जोखिममा रहेका बालबालिका मध्यबाट पहिलो चरणमा दुई सय ४० जना बालबालिका शैक्षिक सामग्री समेत प्रदान गरिएको छ । त्यसका लागि १२ लाख खर्च भएको छ । किर्डाक नेपालका बाल अधिकारक्रर्मी प्रकाशबहादुर शाहीले जोखिमको प्रकारलाई विश्लेषण गरेर सहयोग गर्ने गरेको बताए । आगामी दिनमा पनि क्रमशः सबै बालबालिकाको सहयोगका लागि सहजीकरण गरिरहेको जनाएका छन् ।

Next Post

जुम्लाको पर्यटकीयस्थल गुठीचौरमा प्याराग्लाइडि उडान परीक्षण

२७ असार २०८१, बुधबार २०:५५
जुम्ला । जुम्लाको पर्यटकीयस्थल गुठीचौरलाई पर्यटकीय प्रवर्द्धन गर्न पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङको व्यावसायिक परीक्षण उडान गरिएको छ । गुठीचौर गाउँपालिकाको पर्यटकीयस्थल गुठीचौरलाई पोखरामा प्याराग्लाडिङ गर्दै आएका बाबु एडभान्चर ग्रुपका मोहन सुनावार, सानुबाबु सुनुवार, राजकुमार सुनुवार, निर्गम सुनुवार र निर्मल सुनुवारलगायतको प्याराग्लाइडिङ पाइलटको टिमले गुठीचौरमा आज पहिलोपटक परीक्षण उडान गरिएको छ […]