महाकुम्भ मेलाबाट फर्किंदै गर्दा स्कर्पियो दुर्घटना परि ४ जना नेपालीको मृत्यु

  ।   १० फाल्गुन २०८१, शनिबार १६:५९

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलाबाट फर्किंदै गर्दा गोरखपुरमा स्कर्पियो दुर्घटना हुँदा चार जना नेपाली तीर्थयात्रीको ज्यान गएको छ। शुक्रबार राति उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्रअन्तर्गत गोरखपुर लिंक रोडमा ट्रयाक्टरको पछाडिको ट्रलीमा स्कर्पियो ठोक्किएर दुर्घटना भएको हो।

मृत्यु हुनेमा सप्तरीको कञ्चनरूप नगरपालिका–७ की लिलावती चौधरी, परसुराम चौधरी र सोही नगरपालिका–५ की हरिहरदेवी रहेका छन्। त्यसैगरी, सुनसरीको कोशी गाउँपालिका–२ की ६० वर्षीया सन्तोलियादेवी यादवको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिमिल्सिनाले जानकारी दिएका छन्।

सप्तरी प्रहरीका अनुसार दुर्घटनामा कञ्चनरूप नगरपालिका–७ का उपेन्द्र नारायण चौधरी, लालोदेवी यादव, वडा नम्बर ५ का जितु यादव, उदयपुरको चौदण्डीगढी नगरपालिका सिवाइका पपित लाल चौधरी र उनकी श्रीमती बिना देवी चौधरी घाइते भएका छन्।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ भने घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।

Next Post

चाडैं गणतन्त्र समाप्त भएर जाने राप्रपा केन्द्रीय सदस्य हमालको दाबी

१० फाल्गुन २०८१, शनिबार १६:५९
सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवि किरण हमालले सेना,प्रहरी र कर्मचारीलाई गणतान्त्रिक व्यवस्थाको अवज्ञा गर्न आह्वान गरेका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन वीरेन्द्रनगर नगर अधिवेशन कार्यक्रममा उनले चाडैं गणतन्त्र समाप्त भएर जाने दाबी गरेका छन् । उनले काङ्ग्रेस एमालेले गणतन्त्र राज्यकोष लुट्ने माध्यम बनाएका कारण भित्रै बाट […]