नगर प्रमुख शाही द्वारा विद्यार्थीलाई न्यानो लुगा र शैक्षिक सामग्री वितरण

  ।   २८ माघ २०८१, सोमबार २२:०६

कालिकोट ।  खाँडाचक्रको चिनारी आधारभूत विद्यालयमा विद्यार्थीलाई न्यानो लुगा र शैक्षिक सामग्री वितरण गरिएको छ । खाँडाचक्र नगरपालिका नगर प्रमुख कमल बहादुर  शाही द्वारा विद्यालयका १ सय पाँच जनालाई लत्ताकपडा र शैक्षिक सामाग्री वितरण गरिएको हो ।

खाँडाचक्र नगरपालिका वडा नम्बर  १ मा रहेको चिनारी आधारभूत विद्यालयमा गरिव तथा विपन्न  दलित परिवारका  विद्यार्थीलाई सानीमा बैंकको आर्थिक सहयोगमा  संस्थागत सामाजिक उत्तर दाहित्व कार्यक्रम अन्तर न्यानो कपडा वितरण गरिएको सानिमा बैंक मान्म शाखा प्रमुख मक्षेन्द्र भण्डारीले बताउनुभयो ।

भण्डारीका अनुसार  हरेक वर्ष  शिक्षाका लागि  वर्षमा ४ पटक गरिने कार्यक्रम अन्तरगर्त विद्यार्थी छात्रवृत्ति  , बित्तीय साक्षरता कार्यक्रम शाखाले पहिले गरिसकेको र संस्थागत सामाजिक उत्तर दाहित्व कार्यक्रम अन्तर न्यानो कपडा वितरण  खाँडाचक्रको चिनारी आधारभूत विद्यालयमा गरिएको बताउनुभयो ।

सामग्री हस्तान्तरण गर्दै नगर प्रमुख कमल बहादुर शाहिले नगरपालिकाले सानिमा बैंकले कालिकोटमा गरिब दुखिको घाउमा मलम पट्टी लगाउने काम गरेको आगामी दिनमा थप सहयोगको अपेक्षा सहित पालिकाको नगर प्रमुख सगँ शिक्षा कार्यक्रमबाट थप सहयोग कापी , पेन्सिल ,कलम लगाएत शैक्षिक सामग्री केहि राहात पुगोस भन्ने उदश्यले सहयोग गरिएको बताउनुभयो ।

सहयोग कार्यक्रममा नि. प्रमुख प्रसासकिय अधिकृत अविराज शाही, स्थानीय , पत्रकार  लगाएको उपस्तिथितिमा हस्तान्तरण गरिएको हो ।

Next Post

फाइल फोटो

हुम्लामा सुक्खा पहिरोले कर्णाली करिडोरको खच्चा सडक ४ दिन देखि अवरुद्ध

२८ माघ २०८१, सोमबार २२:०६
हुम्ला । सुक्खा पहिरोका कारण जिल्लाको दक्षिण भेग सर्केगाड गाउँपालिका–१ अन्तर्गतको कर्णाली करिडोरको खच्चा सडक चार दिनदेखि अवरुद्ध भएको छ । सर्केगाड गाउँपालिका–१ तुम्चगाउँका रतन रावतका अनुसार गत आइतबार बिहानदेखि सुक्खा पहिरो खसेर अवरुद्ध भएको उक्त सडक अझै सञ्चालन भएको छैन । सडक अवरुद्ध भएपछि स्थानीय पैदल यात्रा गर्न बाध्य […]