अपडेट

कालिकोटको तिलागुफामा ‘एक घर, एक चुलो’ कार्यक्रम अन्तर्गत चुलो वितरण

  ।   १८ असार २०८२, बुधबार १८:५०

कालिकोट । कालिकोटको तिलागुफा नगरपालिकामा ९ सय २० जना घरपरिवारलाई ‘एक घर, एक चुलो’ कार्यक्रम अन्तर्गत चुलो वितरण गरिएको छ।  तिलागुफा नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा सञ्चालन गरेको हो।

सो कार्यक्रम नगरपालिकाको वडा नं. ९, १० र ११ मा धुवाँरहित र वातावरणमैत्री चुलो वितरण गरी गाउँघरमा स्वच्छ ऊर्जा प्रयोगलाई प्रोत्साहन गरिएको छ।

नगर प्रमुख शंकरप्रसाद उपाध्यायले भने, “यसले दाउरा खर्च घटाउने, खाना पकाउने बेला निस्कने धुवाँबाट हुने स्वास्थ्य समस्या कम गर्ने र वातावरण संरक्षणमा टेवा पुर्‍याउनेछ।”

उपप्रमुख महेन्द्र बहादुर शाहीले थपे, “हामी सबै वडामा यो कार्यक्रम विस्तार गर्दैछौं, घरघरमै स्वच्छ चुलो पुर्‍याउने हाम्रो लक्ष्य हो।”

स्थानीयवासीहरूले चुलो पाएपछि खुशी व्यक्त गरेका छन्। उनीहरूले यस्तो सहयोगले जीवनशैली सहज हुने प्रतिक्रिया दिएका छन्।

Next Post

कर्णालीमका प्रादेशिक औद्योगिक प्रदर्शनी आयोजना हुदैँ

१८ असार २०८२, बुधबार १८:५०
सुर्खेत । कर्णाली प्रदेश सरकारले लघु घरेलु तथा साना उद्यमीहरुको उत्पादन प्रवर्द्धन, बजारीकरण र जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आगामी असार २० गतेदेखि २२ गतेसम्म तीनदिने प्रादेशिक औद्योगिक प्रदर्शनी आयोजना गर्ने भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतद्वारा आयोजित यो प्रदर्शनी वीरेन्द्रनगर–७ स्थित लघु औद्योगिक ग्राममा आयोजना हुने […]

सम्बन्धित शीर्षक