कर्णालीका मुख्यमन्त्री शर्माले राजीनामा दिएपनि छोडेनन् निवास

  ।   २५ चैत्र २०८०, आईतवार १६:१७

सुर्खेत। कर्णाली प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले मुख्यमन्त्री पदबाट चैत २१ गते राजीनामा दिएपनि नयाँ सरकार गठनमा भने अड्को थापेको देखिन्छ । सत्ता गठबन्धनमा केन्द्रमा भएको सहमतिअनुसार शर्माको राजीनामा पछि अबको मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल बन्नुपर्ने भएपनि शर्माकै कारण सकस भइरहेको छ ।

प्रदेश प्रमुख तिलक परियारले चैत २७ गतेसम्मको समय दिएर बहुमतको सरकार गठन गर्न आह्वान गरेका छन् । तर, माओवादीले ‘हाइ डिमाण्ड’ गरिरहेको समय नदिएर विभिन्न कार्यक्रममा हिडेको एमालेका नेताहरू बताउँछन् । माओवादीले सभामुख र चार मन्त्रालय रोजेर नै लिन पाउनुपर्ने माग गरेको छ, त्यो पनि मुख्यमन्त्री नियुक्त भन्दा पहिला नै सम्बोधन हुनुपर्ने राजकुमारको अडान छ ।

अहिले कर्णाली प्रदेशमा सभामुख एमालेकी नन्दा गुरुङ छन् । मुख्यमन्त्री पद छाडेसँगै माओवादीले सभामुख पद आफूले पाउनुपर्ने कुरा उठाइरहेको छ । एमालले भने पहिला सानो आकारमा भएपनि सरकार गठन गर्ने र त्यसपछि भागबण्डाको विषय टुङ्गोमा पु¥याउने पक्षमा छ । जुन कुरा माओवादीलाई चित्त बुझेको देखिन्न ।

माओवादीले सभामुखसहित चार मन्त्रालयको भागबण्डा पहिला प्याकेजमै गरौँ भनेको तर एमालेले नमानेको माओबादीका नेता बताउँछन् । साथै माओवादीले सरकार संचालनको संयन्त्र बनाउन लिखित सहमति गर्नुपर्ने माग राखेको भनिएपनी सरकार चैत २७ सम्म नछोड्ने राजकुमारको अडान देखिन्छ ।

बिहीबार दिउँसो कँडेल र शर्माबिच प्रदेश सभामा वाट टु वान वार्ता समेत भयो । तर, दुई मुख्य नेताहरूबिच नै सहमति जुटेन । लगत्तै शर्माले आफ्नो संसदीय दलको बैठक मुख्यमन्त्री निवासमा राखे । उक्त बैठकले सरकारको विषयमा निर्णय गर्ने अधिकार दल नेतालाई दिने निर्णय सहित टुङ्ग्यायो । तर हिजोआज शर्मा एमालेलाई समय नदिएर विभिन्न कार्यक्रममा भाषण गरिरहेका छन् । बजेट बनाउनेबेला पदका लागि मरिहत्ते गर्दा जनाताप्रति निरासा बढ्दै गएको छ ।

Next Post

विद्युत दुर्घटनाका लागि, विद्युतिय सुरक्षा दिवस

२५ चैत्र २०८०, आईतवार १६:१७
कालिकोट / देशभर विभिन्न कार्यक्रम गरेर ‘विद्युतीय सुरक्षा दिवस मनाइएको छ । विद्युत दुर्घटनाबाट बच्न सचेत रहौँ, समृद्धिका लागि विद्युतको सदुपयोग गरौं’ भन्ने नारामा साथ दिवस मनाइएको हो ।