अपडेट

देउडा संरक्षण बिना संस्कृति संरक्षण नहुने : नगर प्रमुख शाही

  ।   ३ श्रावण २०८२, शनिबार १२:१२

कालिकोट ।  जिल्लाको खाँडाचक्रमा बृहत् देउडा कार्यक्रम आयोजना समापन भएको छ। मौलिक पहिचान, भाषा र सांस्कृतिक धरोहरको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले देउडा संस्कृति संरक्षण प्रतिष्ठानको आयोजनामा साउन १ र २ गते जिल्ला समन्वय समितिको खुला मञ्च, मान्ममा उक्त कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो।

आयोजना गरिएको दुईदिने बृहत् देउडा कार्यक्रममा कालिकोट लगायत कर्णालीका विभिन्न स्थानका वरिष्ठ र नवोदित देउडा सर्जकहरूको बाक्लो उपस्थितिमा देउडा खेल प्रदशनि भएको छ।

यो कार्यक्रमले कालिकोटमा सांस्कृतिक चेतना र सृजनात्मकताको नवीन ऊर्जा थप्ने विश्वास गरिएको लिएको खाँडाचक्र नगरपालिका कालिकोटका नगर प्रमुख कमल बहादुर शाहीले बताउदैँ देउडा लाई समाज रुपान्तरणका लागि प्रयोग गर्नुपर्ने धारणा राख्नुभएको छ ।

उहाँले देउडा संरक्षण बिना संस्कृति संरक्षण नहुने भन्दै छाडा संस्कृति हावी हुँदै जाने चलन अन्त्य गरि असल समाज निर्माणका लागि जागरण फैलाउने प्रमुख माध्यम देउडा मात्रै हुन सक्ने उहाँको धारणा छ । अबको दिनमा खाँडाचक्र नगरपालिका भित्रका प्रत्येक वडामा सन्चाल गर्नुपर्ने र विधालय स्थिरमा लिनुपर्ने यसको लागि नगरपालिकाले बजेट व्यवस्थापल गर्ने बताउनुभयो ।

देउडा संस्कृति संरक्षण प्रतिष्ठान कालिकोटका अध्यक्ष भानुप्रभात पाण्डेको सभाध्यक्षतामा आयोजित उक्त कार्यक्रममा देउडा संरक्षणमा योगदान गर्ने नयाँ र पुराना कलाकार तथा देउडा खेलाडी हरुलाई सम्मान गरिएको छ । देउडा गायन , देउडा खेलका साथै हुड्के , झोडा र मागल तर्फका स्थापित पुराना कलाकारहरुका साथै बाल कलाकार सुमन सिंहलाई समेत कार्यक्रममा सम्मान र प्रसंशापत्र प्रदान गरिएको छ ।

प्रतिष्ठान कालिकोटका अध्यक्ष पाण्डेले पहिलो पटक आयोजना गर्दा काहिँ कमि कम्जोर हुनसक्ने आगामि दिनमा सुधार्ने मौका दिनहुने अपक्षा लिएको बताए । सम्पुर्ण सहभागि तथा सहयोग गर्ने सबैलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।

Next Post

४८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत् आयोजनाको काम डेढ वर्षदेखि ठप्प

३ श्रावण २०८२, शनिबार १२:१२
सुर्खेत । विद्युत् उत्पादन कम्पनी लिमिटेडको अगुवाइमा निर्माण थालिएको ४८० मेगावाट क्षमताको फुकोट कर्णाली जलविद्युत् आयोजनाको काम डेढ वर्षदेखि ठप्प छ । ५१ प्रतिशत सेयर निर्माण कम्पनी भारतलाई दिएको विरोधमा कालीकोटको रास्कोट नगरपालिका–८ बस्ने यशुदाकुमारी बराल र रास्कोटकै अजयबहादुर शाहीले संयुक्तरूपमा ०८० पुसमा सर्वोच्च अदालतमा रिट दर्ता गरेसँगै निर्माणको काम […]

सम्बन्धित शीर्षक