मान्ममा बालविकास शिक्षकहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न

  ।   २८ मंसिर २०८१, शुक्रबार १७:०३

कालिकोट । कालिकोट जिल्लामा प्रारम्भिक सिकाई तथा विकास मापदण्डमा आधारित प्रारम्भिक बालविकास शिक्षकहरुको क्षमता अभिबृद्धि तालिम भब्य रुपमा सम्पन्न भएको छ । मंसिर १९ गतदेखि संचालन भएको तालिम मंसिर २८ गते सम्पन्न भएको हो ।

खाँडाचक्र नगरपालिकाका १५ जना प्रारम्भिक बालविकास शिक्षकहरुलाई तालिम दिइएको हो । समाज जागरण केन्द्र स्याक नेपालका शिक्षा अधिकृत परेकलाल बुढाका अनुसार तालिमको महत्वबारे जानकारी दिदै प्रारम्भिक बालविकास शिक्षकलाई बालविकास रणनीती र न्युनतम मापदण्ड सम्वन्धी क्षमता अभिबृद्धि गर्ने तालिमको उद्येश्य रहेको बताउनेभएको छ ।

सो कार्यक्रम खाँडाचक्र नगरपालिकाको समन्वय,सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधीक सहजिकरणमा कार्यक्रम भएको हो । १० दिने तालिमको प्रशिक्षक राधा मल्लले गरेकी छन् । तालिममा सहभागि शिक्षकहरुले तालिमममा सिकेका कुराहरु विद्यालयमा गएर लागु गर्ने छन् । समापन कार्यक्रममा खाँडाचक्र नगरपालिका शिक्षा सम्पर्क ब्यक्ति खड्क बहादुर शाही,बालविकास संयोजक मिसीरा शाही लगाएत जिल्ला स्थित पत्रकारहरुको उपस्थित रहेको थियो ।

Next Post

पत्रकार महासंघ कालिकोट शाखामा ११५ जनाले मतदान गरे, मत गणना सुरु

२८ मंसिर २०८१, शुक्रबार १७:०३
कालिकोट । नेपाल पत्रकार महासंघ कालिकोट एक सय ३१ जना सदस्य रहेको शाखामा १ सय १५ जनाले मतदान गरेका छन् । नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचन सम्पन्न पछी मत गणना सुरु भएको छ । कुनै शाखामा भने निर्विरोध निर्वाचत भईसका र बाकि रहेका शाखाका लागि मतदान सम्पन्न पछी मत […]