आगलागीमा परि एकै परिवारका पाँच जना घाइते

  ।   २३ बैशाख २०८१, आईतवार १२:४९

काठमाडौँ । ललितपुरमा आगलागीमा परि एकै परिवारका पाँच जना घाइते भएका छन् । महालक्ष्मी नगरपालिका–१७ बाफलको एक टहरोमा आगलागी हुँदा पाँच जना घाईते मध्य ३ जनाको अवस्था गम्भिर रहेकोछ ।

टहरोमा बस्दै आएका घाइते हुने सञ्जय गिरी, उनकी श्रीमती रुपा गिरी, उनका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा गिरी रहेका छन् । उनीहरुको उपचारका लागि किस्ट अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख शेखर खनालले बताए ।

प्रहरीका अनुसार उक्त टहरामा मोबिल भरेर राखिएको थियो र उक्त मोबिल खन्याउने क्रममा आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। अहिले आगो नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Next Post

खाँडाचक्र र CMC नेपाल बीच मानसिक स्वास्थ्यको कार्य गर्न सम्झौता

२३ बैशाख २०८१, आईतवार १२:४९
कालिकोट । खाँडाचक्र नगरपालिका कालिकोट र CMC नेपाल बीच मानसिक स्वास्थ्यको क्षेत्रमा काम कार्य गर्न सम्झौता भएको छ । आज सोमबार कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा नगर प्रमुख कमल बहादुर शाहीले कार्यक्रम सुपरभाइजर हिमाल गैरे लगाएतको टोलिलाइ स्वागत गर्दै नगरपालिका र CMC बीच सम्झौता भएको हो । मानसिक स्वास्थको लैङ्गकि हिंसा […]

सम्बन्धित शीर्षक