कालिकोट । खाँडाचक्र नगरपालिका कालिकोट र CMC नेपाल बीच मानसिक स्वास्थ्यको क्षेत्रमा काम कार्य गर्न सम्झौता भएको छ ।
आज सोमबार कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा नगर प्रमुख कमल बहादुर शाहीले कार्यक्रम सुपरभाइजर हिमाल गैरे लगाएतको टोलिलाइ स्वागत गर्दै नगरपालिका र CMC बीच सम्झौता भएको हो ।
मानसिक स्वास्थको लैङ्गकि हिंसा विरुद्ध सचेतना मुलुक तालीम मार्फत नगरपालिकाका ११ वटा वडैमा CMC ले कार्य गर्ने सम्झौता गरेको हो ।
मनोसामाजिक सहायताका लागि मानसिक स्वास्थ्यसम्बन्धी चेतनाको अभावमा अझै पनि मानसिक रोगीलाई उपचार नगरी साङ्लाले बाँधेर राख्ने, खोरमा थुन्ने, दुव्र्यवहार गर्ने जस्ता कार्य परिवारबाटै हुँदै आएको अनुगमनबाट पाइएको छ।
सशक्त महिला समृद्धि नेपाल बनाउने लक्ष्य सहित उक्त कार्यक्रमको सम्झौता गरिएको नगर प्रमुख शाहीले जानकारी दिनुभएको छ ।
European Union को आर्थिक सहयोगमा सो कार्यक्रम हुन लागेको सुपरभाइजर गैरेले बताए ।