१७ औँ गणतन्त्र दिवसले जुराएको हाजिर जवाफ प्रतियोगीता

  ।   १५ जेष्ठ २०८१, मंगलवार १९:१९

छत्र रोका मगर,
कालीकोट । १७ औँ गणतन्त्र दिवसको अवसरमा कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका अन्तर्गत माध्यमिक तह कक्षा ९ र १० का विद्यार्थीहरुका बिच हाजिर जवाफ प्रतियोगीता गरीएको छ । शुभकालिका गाउँपालिका शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजनामा , दाहाल मा. वि विद्यालय  सुकाटीयाको प्रराङगडमा हाजिरी जवाफ कार्यक्रम गरिएको हो ।

हाजिर जवाफ प्रतियोगीतामा कालिका मा .वि बालाचौर भर्ता प्रथम, महादेव मा.वि राराकाँटीया द्धितिय, दाँहाल मा. वि सुकाटिया तृतीय र जनज्योति मा. वि भर्ताले सान्त्वना स्थान हाशिल गरेका छन् ।सो हाजिरी जवाफ प्रतियोगिताको प्रथम पुरस्कार ८ हजार द्वितीय पुरस्कार ७ हजार तृतीय पुरस्कार ६ हजार सान्त्वना पुरस्कार ५ हजार सहित प्रधान गरीयको शिक्षा युवा, तथा खेलकुद शाखा प्रमुख ऐन बहादुर शाहीले जानकारी दिनुभयो ।

दुर्गमका विद्यार्थी लाई यस्तै खालका हाजिरी जवाफ प्रतियोगिता सन्चालन गरी विद्यार्थीको क्षमता अभिवृद्धि गर्न सकिने र यस्ता खालका कार्यक्रमहरु शुभकालका गाउँपालिकाका २६ वटा विद्यालयमा गर्न जरुरी रहेको शुभकालिका गाँउपालिका उपाध्यक्ष धर्म कला शाहीले बताउनुभयो ।

कार्यक्रममा शुभकालिका गाँउपालिकाका ७ वटा मा. वि विद्यालयका शिक्षक विद्यार्थीको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा शिक्षा युवा, तथा खेलकुद शाखा प्रमुख ऐन बहादुर शाही शुभकालिका गाउँपालिका उपाअध्यक्ष धर्मकला शाही, निमित प्रमुख प्रशासकिय अधिकृत केन्द्र बाहादुर शाही स्वास्थ्य शाखा प्रमुख गणेश बहादुर शाही पत्रकार ,शिक्षक ,विद्यार्थी , स्थानीय जन प्रतिनिधहरुको बाग्लो सहभागीतामा हजिरी जवाफ प्रतियोगिता गरीएको छ ।

Next Post

न्यानो काखका ४ अनाथलाई लोटस एकेडेमिमा निःशुल्क अध्यापन

१५ जेष्ठ २०८१, मंगलवार १९:१९
कालिकोट । जिल्लाको सदरमुकाम मान्म स्थित लोटस विकास एकेडेमिले न्यानो काख सेवा समाजका ४ जना अनाथ बालबालिकालाई निःशुल्क पढाउने घोषणा गरेको छ । आफ्नो स्थापनाको १ वर्ष पूरा भएको अवसरमा एकेडेमिले उक्त घोषणा गरेको हो। साथै न्यानो काख सेवा समाजका १४ जना बालबालिकालाई पठनपाठनका लागि शैक्षिक सामाग्रि समेत बितरण गरेको […]