पालिकाका जनप्रतिनिधि,कर्मचारी सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  ।   १३ बैशाख २०८१, बिहीबार २०:५०

कालिकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक सहित ९ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
महावै गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाहीसहित ९ जनाविरुद्व भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

अख्तियारले अनुगमन समितिका संयोजक शाही बिरुद्ध डोजरले सडक खन्ने क्रममा भएको काम भन्दा बढि मूल्यांकन गरि ३८ लाख ७६ हजार २७० बढी भुक्तानी लिएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर हुनेमा महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, इन्जिनियर रुद्र वली, सव इन्जिनियर हरि प्रसाद पाण्डे, वडा नम्बर २ का तत्कालीन वडा अध्यक्ष गौकला सिंह, उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जमकला काफ्ले र सचिव दधि कामी तथा महावैं गाउँपालिकाका लेखापाल मलिम रावत रहेका छन् ।

Next Post

मान्ममा संधै पानिकै चिन्ता

१३ बैशाख २०८१, बिहीबार २०:५०
कालीकोट  / जिल्लाको सदरमुकाम मान्म बजारमा केही हप्तादेखि खानेपानीको समस्या बढ्दै गएको छ। यहाँका स्थानीयले केही हप्तायता खानेपानीको समस्या झेल्दै आएका छन्। जिल्लाको मुटु मानिने खाँडाचक्र नगरपालिकामा खानेपानीको हाहाकार हुँदा सम्बन्धित निकाय मौन बसेको नागरिकको आरोप छ।  मान्ममा खानेपानीको समस्या दिनप्रतिदिन वृद्धि हुँदै जाँदा मान्ममा बसाेबास गर्ने नागरिकहरु खानेपानी जिम्मा […]