कालिकोट । तीन महिने गरिबी निवारणका लागि लघु उद्यमि (मेड्पा ) फर्निचर सीप विकास तालिम सम्पन्न गरिएको छ । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका – ३ ताडिमा तीन महिने गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम (मेड्पा ) फर्निचर सीप विकास तालिम सम्पन्न भएको हो ।
सीप सिकौं उद्यमि बनौं भन्ने मुल नाराका साथ गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम (मेड्पा ) कार्यक्रम खाँडाचक्र नगरपालिका को आर्थिक सहयोगमा र मष्ठामाडु फर्निचर उद्योग को आयोजनामा फर्निचर तालीम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अथिति खाँडाचक्र नगरपालिका नगर प्रमुख कमल बहादुर शाहीले नगरपालिकाले सीप सिकौं उद्यमि बनौं भन्ने मुल नाराले नै धेरै सन्देश दिएको बताउनु भएको छ ।
कालिकोट जस्तो विकट ठाँउमा यस्ता कार्यक्रमले सम्पुर्ण नगर बासिको हितमा र बेरोजगार युवाहरूलाई अबको दिनमा विशेष गरी नेपाल बाट बिदेशीनु पर्ने अवस्थामा कमी ल्याउनका लागि सिप मुलक कार्यक्रम दिईएको दाबी समेत गरे ।
सो कार्यक्रम बाट धेरै कुरा सिकाएको बताउदै तालिम लिएका ब्यक्तिहरुले त्यस कामलाई निरन्तरता दिन पनि अनुरोध गरे । व्यावसायिक रुपमा काम गर्न नसकेको भएता पनि आफ्नो घर छरछिमेकमा प्रयोग हुने सम्पूर्ण सामान बनाउन अनुरोध गरे । सीपमुलक काममा आफ्नो चासो निकै रहेको र सधै नगर समृद्धी बनाउन लागीपरेको बताउनुभयो ।
कार्यक्रमका विशेष अतिथि वडा नं। ३ का वडा अध्यक्ष दधिराम पाण्डेले नगरले गरेको काम निकै नै प्रभावकारी र महत्वपूर्ण रहेको भन्दै प्रसंशा गर्नुभयो । आगामी दिनमा पनि यस्ता व्यावसायिक र सीपमुलक काममा वडाले पनि लगानीको वातावरण बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो छ ।
कार्यक्रममा खाँडाचक्र नगरपालिका का प्रशासन प्रमुख अविराज शाहि,सम्पुर्ण राजनितिक दलका प्रतिनिधी , व्यापारी, प्रत्रकार, स्थानियको उपस्थितिमा सम्पन्न् भएको छ ।
सो कार्यक्रममा स्थानीय प्रशिक्षक धनसिंह विकले प्रशिक्षण गरेका हुन् । मष्ठामाडु फर्निचर उद्योगका सन्चालक नानो विकले कार्यक्रममा उपस्थितिलाई धन्यवाद दिदै समापन गरेका छन् ।
कार्यक्रमको संचालन खाँडाचक्र नगरपालिका लघु उद्यमि सहजकर्ता सुनिता पाण्डेले गरेकि हुन ।
पूरा भिडियो :